पोखरा– राष्ट्रिय सम्पदा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष रामबहादुर पौडेलले पुस १७ गते राति लेकसाइड क्षेत्रमा पटकाजन्य पदार्थ नपड्काउन माग गर्दै बिहीबार उच्च अदालत पोखरामा रिट दर्ता गरेका छन्।
उक्त दिन अंग्रेजी नयाँ वर्ष (जनवरी १) मा आततायी ढंगले आवाज आउने गरी पटाका पड्काउने योजना बनेकाले त्यसलाई राेक्न रिट दायर गनुपरेको उल्लेख छ।
पौडेलले दायर गरेको रिटमा पोखरा महानगरपालिका, पोखरा नगर विकास समिति, जिल्ला प्रशासन कार्यालय, उद्योग, वन तथा वातावरण मन्त्रालय, रेवान अध्यक्ष बोधराज भुजेल, पोखरा पर्यटन परिषद्लगायतलाई विपक्षी बनाइएको छ।
उनले दायर गरेको रिटमा फेवाताल क्षेत्रमा जलचर र थलचर दुवै प्राणी बस्ने र बिस्फोटक पदार्थ पड्काउँदा उनीहलाई असर गर्ने बताइएको छ।
‘फेवातालका जलचर र सिमसार क्षेत्रमा रहेका पक्षी प्राणी तथा रानीवनका अप्राप्य जनावरहरुलाई आवाजले प्रभाव पर्छ,’ रिटमा उल्लेख छ, ‘पटकपटक गैर कानुनी काम नगर्नुस् भन्दा पनि विपक्षीले निस्क्रियता देखाएपछि अदालतमा रिट दायर गर्नुपरेको हो।’
उनले २०७१ सालमा पनि कनिवेदन दिएको तर विपक्षीबाट समय छोटो भएको र काम सकिसकेकाले निवेदन खारेज भएको समेत बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।