काठमाडौं– सेयर लगानीकर्ताको दबाब समूहले गरेको आमरण अनसन माग पूरा नहुँदै तोडेको छ। यो समूहले रिले अनसन थालेको ११औं दिन र आमरण अनसन थालेको चौथो दिन तोडेको हो।
यद्यपि यसअघि दवाब समूहले अर्थमन्त्री र नियामक निकायका प्रमुखको बर्खास्ती नभई आमरण अनसन जारी रहने बताएको थियो। तर, दबाब समूहको मागका सम्बन्धमा कुनै पनि निकायले औपचारिक रुपमा अनसनरत पक्षसँग वार्ता र छलफल नगरी अनसन तोडिएको छ।
११ दिन अघिदेखि रिले अनसन सुरु गरेको समूहलाई अर्थमन्त्रालयले वार्तामा बोलाएको थियो। दुई वटा वार्तामा बसेपछि यो समूहले आफूहरुमाथि धोका भएको भन्दै सोमबारदेखि आमरण अनसन थालेको थियो।
आमरण अनसनमा दबाब समूहका संयोजक हरि ढकाल र तिलक कोइराला सहभागी थिए। उनीहरुले आमरण अनसन थालेको चौथो दिन बिहीबार एकअर्कालाई पानी खुवाएर तोडेका हुन्।
यसअघि बुधबार अर्थमन्त्रीबाट गठित उच्चस्तरीय अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएको थियो। उक्त प्रतिवेदनमा दबाब समूहले उठाउँदै आएकोे अधिकांश माग सम्बोधन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।