काठमाडौं– नेपाल प्रहरीले अत्याधुनिक मोबाइल फरेन्सिक भ्यान खरिद गरेको छ। ९६ लाखमा सयोन इन्टरप्राइजेजमार्फत उक्त भ्यान खरिद गरिएको हो।
फोर्स कम्पनीको बा १ ग ३४२६ नम्बरको उक्त भ्यान ४ सिट क्षमताको छ। ४५ लाख बराबरका फरेन्सिक कीटका सामानहरु समते खरिद गरी उक्त गाडीमा जडान गरिएको छ।
अपराध अनुसन्धानका लागि चाहिने अतिआवश्यक सामानहरु समेत राखिएको उक्त भ्यान घटना हुनासाथ तत्कालै घटनास्थलमा परिचालन गरिन्छ। भ्यान तुरुन्त घटनस्थल पुग्ने भएकाले सबुत प्रमाण जोगाएर राख्न, अपराध अनुसन्धान सहयोग पुग्ने प्रहरीले विश्वास गरेको छ।
नेपालका लागि यस किसिमको भ्यान नौलो भए पनि विकसित मुलुकमा धेरै अगाडिदेखि यस्ता भ्यानको प्रयोग हुँदै आएको छ।
भ्यानका विशेषता-


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।