काठमाडौं– मेलम्ची खानेपानी आयोजना तोकेकै समयमा लागत नबढ्ने गरी बनाउन संघीय संसद अर्थ समितिले निर्देशन दिएको छ। समितिको बिहीबार बसेको बैठकले मन्त्रिपरिषद र खानेपानी मन्त्रालयलाई उक्त निर्देशन दिएको हो।
आयोजनाको विषयमा सिर्जना भएको पछिल्लो परिस्थिति माथि छलफल गर्न समितिले खानेपानी मन्त्री बिना मगर र मन्त्रायका सचिव लगायतका पदाधिकारीसँग छलफल गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।