भोजपुर– गिद्ध संरक्षणका लागि भोजपुर जिल्लालाई 'डाइक्लोफेनेक मुक्त' जिल्ला घोषणा गरिएको छ।
पछिल्लो समय विश्वबाट नै गिद्ध लोप हुँदै गएकाले नेपालमा पनि यसको संरक्षणका लागि भोजपुर जिल्लालाई ६८ औँ जिल्लाको रुपमा घोषणा गरिएको हो।
विश्वमा पाइने गिद्धमध्ये नेपालमा नौ प्रजातिका गिद्धको संरक्षणका लागि आज सरोकारवाला निकायको सहभागितामा 'डाइक्लोफेनेक मुक्त' जिल्ला घोषणा गरिएको हो।
गिद्धको आहारा सिनोको अभाव र पशु उपचारमा डाइक्लोफेनेकको प्रयोगका कारण गिद्धको मृत्यु हुने भएकाले प्राविधिक, औषधि व्यवसायी र सरोकारवालालाई गिद्ध संरक्षण अन्तरक्रिया गरिएको हो।
अन्तरक्रिया कार्यक्रममा पशुपक्षीमा डाइक्लोफेनेक औषधि प्रयोग नगर्न सचेत गराइएको, जिल्लामा यो औषधिको प्रयोग नभएको, नेपालमा पशु डाइक्लोफेनेक औषधि उत्पादन गर्ने कुनै कम्पनी नभएको, नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशमा समेत प्रतिबन्धित भएको, डाइक्लोफेनेक जिल्लामा निजी एग्रोभेट अनुगमन गर्दा डाइक्लोफेनेक नपाइएपछि जिल्लालाई गिद्ध संरक्षण तथा पशु डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएको हो।
जिल्लालाई डाइक्लोफेनेक मुक्त बनाउनका लागि घोषणापत्रमा जिल्लाका सरकारी कार्यालयका प्रमुख, व्यवसायी सञ्चारकर्मीलगायतले हस्ताक्षर गरेका छन्।
कार्यक्रमका सहभागीले जिल्लालाई डाइक्लोफेनक मुक्त जिल्ला घोषणा गरिए पनि गिद्ध संरुक्षणका लागि चेतनासँगै अनुगमन गर्नुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।