• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ८, २०८२ Sat, Oct 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस केन्द्रीय समितिमा प्रस्तुत युवा नेताको \'५१ पाने\' प्रतिवेदन महासमिति सदस्यलाई वितरण [पूर्णपाठ]

\'शीघ्र १४औं महाधिवेसनको तालिका बनाएर काम सुरु गर्नुपर्छ\'
64x64
नेपाल लाइभ बिहीबार, पुस ५, २०७५  ११:३५
1140x725

काठमाडौं- कांग्रेसको जारी महासमिति बैठकमा १२ केन्द्रीय सदस्यहरुले शीघ्र महाधिवेसनको माग गरेका छन्।

गत चैत/बैसाखको केन्द्रीय कार्यसमिति बैठकमा चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ लगायतका ६ जना नेताहरुले बुझाएको ५१ पृष्ठको प्रतिवेदन जारी महासमिति बैठकमा पनि बहसमा ल्याउने प्रयत्न गरिएको हो। सो प्रतिवेदनमा 'महासमिति लगत्तै शीघ्र १४औं महाधिवेसनको तालिका बनाएर काम सुरु गर्नुपर्छ' भन्ने माग गरिएको थियो।

सोही प्रतिवेदनलाई बहसमा ल्याउन १२ नेताको तर्फबाट महासमिति सदस्यहरुलाई पुस्तिकाको रुपमा वितरण गरिएको हो। पुस्तिकामा नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव तथा किरण यादवको नाम उल्लेख छ।

उनीहरुले महासमिति सदस्यहरुलाई प्रतिवेदनबारे ५ पृष्ठ लामो व्याख्या पनि गरेका छन्।

'हामीले त्यतिबेला उठाएका विषयहरु अहिले पनि उत्तिकै सान्दर्भिक छन्। त्यतिबेलाको बैठकले 'यी विषयहरुमा भविष्यमा पनि विमर्श चलिरहने'भन्ने निर्णय भएको कुरा स्मरण गराउन चाहन्छौं', वितरित पुस्तिकामा महासमिति सदस्यहरुलाई भनिएको छ।

सो केन्द्रीय कार्यसमितिको बैठकमा विमर्श चलिरहने भनिए पनि पछिल्लो समय निर्वाचनमा पराजयको कारणमा भने छलफल हुन छाडेको छ। त्यतिबेलै छलफल भएर निष्कर्ष निस्किसकेको कतिपय नेताहरुले बताउने गरेका छन्। 'त्यतिबेला यो कुरा त्यहीँ टुंगो लगाउनुपर्छ भन्दा निरन्तर छलफल गर्दै लैजाने भनियो। अहिले त्यहीँ टुंगो लागिसक्यो भन्ने तर्क गरिन्छ', थापा भन्छन्, 'कम्युनिस्ट पार्टीले नराम्रो काम गरेपछि हामीलाई मतदाताले मत दिन्छन् भन्ने भ्रम छ। त्यसले हामीलाई गाँज्दै लैजान्छ। पछिल्लो समय हाम्रो मत घट्दै गएको छ। त्यसैले महासमिति सदस्यहरुले यस्ता विषयमा व्यापक छलफल गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ।'

५१ सदस्यको प्रतिवेदन केही महिनाअघि हेटौंडामा भएको जिल्ला सभापतिहरुको भेलामा पनि वितरण गरिएको थियो।

जुन परिस्थितिमा केन्द्रीय कार्यसमिति बैठक बसेको थियो, त्यो परिस्थितिमा खास परिवर्तन नआएकाले सो प्रतिवेदन महासमिति सदस्यहरुलाई पनि बाँडिएको केन्द्रीय सदस्य थापाले बताए। 'यसको सान्दर्भिकता के हो भने परिस्थिति फेरिएको छैन', थापाले भने, 'बैसाखमा बैठक बस्दा जे परिस्थिति थियो। अहिले पनि त्यही नै छ।'

Ncell 2
Ncell 2

के छ ५१ पृष्ठको प्रतिवेदनमा?

प्रतिवेदनमा कांग्रेसमा अस्तित्व संकट देखिएको र त्यसको मुक्तिको बाटो खोज्न अपिल गरिएको छ। त्यसका लागि कांग्रेसको वैचारिक धरातल स्पष्ट र समयानुकुल हुनुपर्ने आवश्यकता औंल्याइएको छ। 'वर्तमान कांग्रेस र कांग्रेसीको सबैभन्दा ठूलो समस्या हाम्रो अस्तित्वको संकट हो', प्रतिवेदनमा भनिएको छ, 'कांग्रेस र कांग्रेसीका लागि यस अस्तित्वको संकटबाट मुक्तिको बाटो अबको महासमिति बैठकले तय गर्नुपर्छ।'

युवा नेताहरुको प्रतिवेदनले महासमिति बैठकको आवश्यकता पनि देखाएका छन्। 'यो बेलामा हामीलाई अत्यावश्यक छ, महासमितिको बैठक। महासमिति एउटा नियमित प्रक्रिया हो, तर यसलाई सामान्य कर्मकाण्डमा मात्र सिमित गरिनु हुँदैन', प्रतिवेदनमा भनिएको छ, 'वैचारिक स्पष्टता महासमिति बैठकबाट मात्र प्राप्त अवश्य नहोला, तर महासमिति बैठकले यस समस्याको संस्थागत रुपमा पहिचान अवश्य गर्न सक्छ।'

'अब के हो त पार्टीको ध्येय? समुन्नत नेपाल निर्माण पार्टीको ध्येय हो। तर, समुन्नत नेपाल कस्तो हुन्छ? संविधानको प्रयोग जसरी गरिएको हुन्छ, राज्यको चरित्र कस्तो, समाजको व्यवहार कस्तो, राज्य र व्यक्ति बीचको सामान्जस्यता र सम्बन्ध कस्तो हुने यी लगायत थुप्रै विषय अनुत्तरित छन्। यो दृष्टिकोणका आधारमा कम्तिमा २० वर्षका लागि नयाँ कार्यक्रमको विस्तृत खाका तयार गर्न जरुरी छ। यसको आधार तयार गर्न पनि महासमिति बैठक अपरिहार्य छ', प्रतिवेदनमा प्रस्ताव गरिएको छ।

प्रतिवेदनमा विधान विपरीत गएर भए पनि अग्रिम महाधिवेसनमा जानुपर्ने माग गरिएको छ। महासमिति बैठकबाट संशोधित विधान पारित गरी शीघ्र महाधिवेसनमा जानुपर्ने विकल्प प्रस्तुत गरिएको छ। 'महासमितिबाट पार्टीको नयाँ कार्यक्रम र संगठनको नयाँ संरचनाको निर्धारण हुन्छ,' भनिएको छ, 'तर अहिलेको विधानअनुसार जाँदा छिटोमा महाधिवेसन सम्पन्न गर्न अर्को दुई वर्ष लाग्छ।'

कांग्रेसभित्र कतिपयले भन्ने गरेको 'एज होइन, एजेन्डा'को मान्यतालाई युवा प्रतिवेदनले खण्डन गर्न खोजेको छ। नेतृत्वमा रहेका पुराना मान्छेको स्वभाविक बहिर्गमन र नयाँ मान्छेको आगमन नहुनाले पार्टी जमेको पोखरीजस्तो भएको उनीहरुको तर्क छ। 'नेतृत्व चयन एजेन्डाका आधारमा हुनुपर्छ भन्नेमा सायदै विमति होला, तर उमेर केही पनि होइन भन्ने कदापि होइन', प्रतिवेदनमा भनिएको छ, 'सबै किसिमका अतिवादसँगको असंख्य संघर्षले थाकेको नेतृत्वलाई सत्ताको सितल छहारीले सिथिल र यथास्थितिवादी बनाइदिएको छ।'

त्यसैले अहिलेकै नेतृत्वको निरन्तरता खोज्नु जनादेश र मतादेशलाई नबुझ्नु भएको उनीहरुको तर्क छ।

मुख्यकुरा युवा नेताहरुले प्रतिवेदनमार्फत अहिलेका सभापतिलाई नेतृत्व हस्तान्तरण गर्न औपचारिक आग्रह गरेका छन्। सभापतिलाई अनुरोध गर्दै भनिएको छ, 'यतिबैला चुनावी परिणाम तातो रहेको अवस्थामा नेतृत्वको कमजोरी मात्र देखिरहेका छौं होला, तर अविलम्ब महासमिति बैठक र शीघ्र महाधिवेसन गराएर सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्नेतर्फ लाग्नुभयो भने त्यो सभापतिज्यूको व्यक्तिगत हितमा त हुन्छ नै नेपाली कांग्रेस पार्टी, यसका लाखौं कार्यकर्ता र आमजनताले गौरव गर्ने नेतृत्वको पंक्तिमा अर्को एक नेतालाई जोड्न पाउँनेछन्।'

यस्ताे छ प्रतिवेदन:

प्रकाशित मिति: बिहीबार, पुस ५, २०७५  ११:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी
पौडी खेल्न गएका ३ बालिकाको मृत्यु
सम्बन्धित सामग्री
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने उनी जनता समाजवादी पार्टी (जसपा)नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीक... शुक्रबार, कात्तिक ७, २०८२
बाहिर हल्ला भएजस्तो म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन:मन्त्री घिसिङ मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल... शुक्रबार, कात्तिक ७, २०८२
गृहमन्त्रीले मसँग गम्भीर दुष्मनी लिन खोजे : ओली बुधबार जेनजी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरूसँ... बुधबार, कात्तिक ५, २०८२
ताजा समाचारसबै
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी शुक्रबार, कात्तिक ७, २०८२
पौडी खेल्न गएका ३ बालिकाको मृत्यु शुक्रबार, कात्तिक ७, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी शुक्रबार, कात्तिक ७, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने शुक्रबार, कात्तिक ७, २०८२
बाहिर हल्ला भएजस्तो म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन:मन्त्री घिसिङ शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण बिहीबार, कात्तिक ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्