कराची (एजेन्सी)– पाकिस्तानी क्रिकेट कप्तान सरफराज अहमदले ‘म्याच फिक्सिङ’ सम्बन्धि एउटा चकित पार्ने बयान दिएका छन्। उनले श्रीलंका विरुद्ध दुबईमा हालै सम्पन्न एकदिवसीय शृंखलामा एक अपरिचित सट्टा दलालले आफूलाई मोटो रकमको प्रस्ताव अघि सारेको खुलासा गरेका छन्।
उनले सट्टा दलालको यो प्रस्तावलाई तत्कालै आफूले अस्विकार मात्र नभई, क्रिकेटको भ्रष्टाचार निरोधक निकाय र सुरक्षा अधिकारीलाई जानकारी दिएको समेत बताए।
घटनापछि पाकिस्तानको टिम व्यवस्थापक, भ्रष्टाचार निरोधक तथा सुरक्षा अधिकारी सक्रिय भएको थियो। यी तीनवटै निकाय युएईमा पाकिस्तानी टिम नजिकै समावेश थियो।
केही समयअघि ‘स्पट फिक्सिङ’ मुद्धामा सरजिल खान र खालिद लतिफलाई प्रतिबन्ध लगाइसकेको अवस्थामा यी मुद्धा पुनः नदोहरिने विश्वासमा पाकिस्तानी अधिकारी थिए।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का एक पदाधिकारीले भने, ‘सरफराज प्रति सबैको ठूलो सम्मान छ। उनले कप्तानको रुपमा अन्य साथीहरुको अगाडि पनि उदाहरण प्रस्तुत गरेका छन्।’
आइसिसीको नियमअनुसार यस्तो मुद्धामा खेलाडीको नाम सार्वजनिक गर्ने चलन छैन्। पाकिस्तानी कप्तानलाई प्रस्ताव राख्ने सट्टा दलाल दुबईमै बसोबास गर्ने बताइएको छ। र, ऊ अन्य खेलाडीसँग परिचित रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।