दमौली– डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–९ बडहरेमा बसको ठक्करबाट घाइते एक वृद्धाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही वडा निवासी ६६ वर्षीया चिनीमाया कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। डुम्रेबाट लमजुङको बेँसीसहरतर्फ जाँदै गरेको ग१ख ४७९० नम्बरको बसको ठक्करबाट मङ्गलबार घाइते कँडेलको उपचारका क्रममा बुधबार साँझ काठमाडौँस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो।
सडकछेउ हिँडिरहेको अवस्थामा बसले कँडेललाई ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते कँडेललाई दमौली अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि काठमाडौँ पठाइएको थियो।
ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।