काठमाडौं– कतारको राष्ट्रिय बैंक दोहा बैंकको सम्पर्क कार्यालय राजधानीमा स्थापना भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बुधबार उक्त कार्यालयको उद्घाटन गरेका हुन्।
त्यस अवसरमा उनले बैंकको सम्पर्क कार्यालय स्थापनासँगै नेपाल र कतारबीच व्यापारिक सम्बन्ध विस्तारमा मद्दत पुग्नुका साथै नेपालमा कतारी लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै भएको कतार भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको जिकिर गरे।
उद्घाटन समारोहमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, राष्ट्र बैंकका डेप्युटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, नेपालका लागि कतारका राजदूत युसुफ बिन अहमद हेल तथा कतारका लागि नेपाली राजदूत रमेश कोइराला र नेपालका संस्कृतिक राजदूत प्रसिद्ध सिने कलाकार दया प्रदालगातको उपस्थिति थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।