डडेल्धुरा- बैतडीमा मदिरा सेवनका कारण एक जनाको मृत्यु भएको छ। डिलासैनि गाउँपालिका वडा नं ७ कुयातालीका ४५ वर्षीय रामदत्त जोशीको मदिरा सेवनका कारण मृत्यु भएको हो।
मदिरा सेवन गरी मंगलबार राती ९ बजे स्थानीय हरीनगर बजारदेखि हिँडेका जोशी बुधबार बिहान बेहोस अवस्थामा भेटिएपछि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गोकुलेश्वर प्रहरी चौकीका प्रहरी निरीक्षक दीलिप सिंह कार्कीले जानकारी दिए।
उनका अनुसार केही दिन पहिले छरछिमेकमा विवाद भएको बुझिएको छ।
जोशीका श्रीमती २ छोरा र एक छारी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।