काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइकल आर पोम्पियोबीच भेटवार्ता भएको छ।
अमेरिकी विदेशमन्त्री पोम्पियोको निमन्त्रणामा त्यहाँ पुगेका परराष्ट्रमन्त्री ज्ञवालीसँग राजधानी वासिङ्टन डिसीमा द्विपक्षीय वार्ता भएको अमेरिकास्थित नेपाली दूतावासले जानकारी दिएको छ।
भेटवार्तामा दुइपक्षीय सम्बन्ध थप फराकिलो र घनिष्ठ बनाउने विषयमा छलफल भएको छ।
अमेरिकी विदेश मन्त्रालयमा भएको भेटमा अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) र मिलेनियम च्यालेञ्ज कर्पोरेसनको कम्प्याक्ट परियोजनाका विषयमा समेत छलफल भएको बताइएको छ।
यसअघि परराष्ट्र सचिव शङ्करदास बैरागीले अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य-एसिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिव एलाइस जी वेल्ससँग परामर्श बैठक गरेका थिए।
विगत १७ वर्षदेखि नेपाल र अमेरिकाका उच्च प्रतिनिधिबीच भेटवार्ता हुन सकेको थिएन।
मन्त्री ज्ञवाली पुस ६ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ।
यस्तो छ अमेरिकास्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ति

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।