विराटनगर– मोरङको केराबारीबाट प्रहरीले मंगलबार २ नाल भरुवा बन्दुक बरामद गरेको छ।
केराबारी गाउँपालिका ८ आमजुगी जंगलबाट बन्दुक बरामद भएको हो। प्रहरीलाई देखेपछि बन्दुक बोकेका दुई व्यक्ति फरार भएका छन्।
बन्दुक नियन्त्रणमा लिई फरार व्यक्तिको खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।