विराटनगर– वन मुद्दाका फरार एक अभियुक्तलाई मोरङ प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ।
मोरङ जिल्ला अदालतको फैसला भएपछि फरार भएका मिक्लाजुङ गाउँपालिका ४ का ३३ वर्षीय रुपेश राईलाई प्रहरीले पक्राउ गरेको हो।
राईलाई वन मुद्धामा २०६९ असार ७ गते अदालतले ८ हजार २ सय ४९ रुपैयाँ १४ पैसा जरिवाना र १ महिना १५ दिन कैद सजाय सुनाएको थियो।
राईलाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।