राजविराज– हत्यारालाई कारबाही माग गर्दै सप्तरीको तिलाठी–कोइलाडीका नागरिकले बुधबार राजविराजमा प्रदर्शन गरेका छन्।
वडा नं. १ तिलाठी निवासी परशुराम मिश्रका हत्यारालाई प्रहरीले पक्राउ गरी कारबाही गर्न नसकेको भन्दै उनका आफन्त र छिमेकीले प्रदर्शन गरेका हुन्।
सोमबारदेखि नै राजविराज–कुनौली सडकखण्ड अवरुद्ध गरेर आन्दोलन थालेका स्थानीयले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
स्थानीय शैलेन्द्र मुखियासहितका व्यक्तिले लागुपदार्थ सेवन गरेर मिश्रको हत्या गरेको उनीहरुको आरोप छ।
लागुऔषध सेवनकर्ताले वञ्चरो प्रहार गरेपछि गम्भीर घाइते भएका ३२ वर्षीय मिश्रको थप उपचारका लागि विराटनगर लैजाने क्रममा आइतबार राति मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।