• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ५, २०८२ Wed, Oct 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

महासमिति बैठकस्थलका पुस्तक बिक्रेता भन्छन्– कांग्रेसका युवा नेता नै पढ्दैनन्

64x64
नेपाल लाइभ बुधबार, पुस ४, २०७५  १८:४७
1140x725

काठमाडौं- कांग्रेसको जारी महासमिति बैठक स्थल योगम्बर पार्टी प्यालेसको मुख्य गेटबाट भित्र छिर्नेबित्तिकै पुस्तकहरु बिच्छ्याइएको देख्न सकिन्थ्यो। बिपीको आत्मकथादेखि महाथिरका जिवनीसम्म फिँजाइएका त्यहाँका स्टलमा बुधबार दिउँसो खासै भिडभाड थिएन। पुस्तक सुम्सुम्याएर केही पाना पल्टाउँदै अघि बढ्नेहरु देखिन्थे। मानौं, उनीहरु अरु कसैलाई पालो दिइरहेका छन्।

विभिन्न ठाउँमा पुस्तक पसल सञ्चालन गरेका व्यापारीदेखि स्वयं कांग्रेस राजनीति गरिरहेकाहरुसम्म यहाँ किताब बेचिरहेका थिए।

युवा नेता नै पढ्दैनन्
२९ गतेयता पुस्तक बेचिरहेका केही व्यापारीको अवलोकनमा कांग्रेसका युवाभन्दा बुढा नेताहरु अध्ययनशील भएको निष्कर्ष छ। 'युवा नेताहरुले पुस्तक किनेको देख्नै मुस्किल छ', प्राय व्यापारी सुनाउँछन्।

न्युरोडकोमा पसल रहेका कविराज अधिकारी पनि महाधिवेशन सुरु भएदेखि पुस्तक बेचिरहेका छन्। युवा नेताले कम पुस्तक किनेको अनुभव गर्ने अरुजस्तै उनी पनि एक हुन्। यस्ता कार्यक्रममा किताब बेच्न पुगिरहने उनलाई पछिल्लो समय कांग्रेसीहरुमा पनि पुस्तक पढ्ने बानी भने बढेको हो कि भन्ने लाग्छ। '५० वर्ष सेरोफेरोको उमेर भएका नेताहरुले नै पुस्तक किनेको देखियो। युवाहरुले खासै पुस्तक किनेको देखिएन', उनले भने।

उनलाई कांग्रेस त बुढा नेताले नै धानेको हो कि जस्तो लाग्छ। त्यसैले पार्टीले पठन संस्कृतिलाई बढाउन अभियान नै चलाउनुपर्ने उनको सुझाब छ। 'यस्तो रणनीति अपनायो भने युवाहरुमा पनि पठन संस्कृति बढ्ला र नयाँ आउने नेताहरु पनि अध्ययनशील होलान्', उनी भन्छन्।

विभिन्न पार्टीको कार्यक्रम हुँदा आफू पुस्तक बेच्न पुग्ने गरेको उनले बताए। 'कांग्रेसको १३औ महाधिवेशनमा पनि पुस्तक बेचेको थिएँ। पछिल्लो समय विप्लवको भेला हुँदा पनि पुस्तक बेचेको थिएँ', उनले थपे, 'कांग्रेसमा बुढाहरुले मात्रै पढ्ने गरेको देखें। विप्लवका भने युवाहरुले पुस्तक किनेको देखें। बिपीका किताबहरु पनि तिनले नै बढी पढेका होलान्।'

युवाले कम पढ्ने गरेको अनुभव छ देवा उपाध्यायको पनि छ। अध्ययन संस्कृति नभएकै कारण पार्टीमा भद्रगोल देखिएको उनको अनुमान छ। 'अध्ययन गरेपछि मात्रै सफल भइन्छ। भाषण गर्दा पनि आफ्नो कुरा राम्रोसँग राख्न सकिन्छ', उनले थपिन्, 'पैसाले सबैथोक पाइन्छ भन्ने सोच अहिले बढेको छ। पैसाले टिकट सम्म पाइएला।'  

Ncell 2
Ncell 2

उनले आफूबाट कांग्रेस नेताहरु शेखर कोइराला, शोभाकर पराजुली, प्रदीप पौडेल जस्ता नेताहरुले पुस्तक किन्ने गरेको सुनाइन्।

ठीकैको बिक्री
महासमिति बैठकमा ठीकैको बिक्री हुने गरेको बिक्रेताहरु बताउँछन्। कांग्रेसकै अरु कार्यक्रमको तुलनामा महासमिति बैठकमा बढी पुस्तक बिक्री भएको बताउँछन्, बागबजारमा आफ्नो बुक सर्भिस समेत चलाइरहेका दीपक श्रेष्ठ। 'दैनिक १०/१२ हजारको पुस्तक बिक्री भइरहेको छ', उनले भने, 'पहिले पहिलेको कार्यक्रम हेरी यतिको बिक्री हुनु ठीकै हो।'
अधिकारीलाई पनि पुस्तक बिक्री सन्तोषजनक नै लागेको छ। 'दैनिक १२/१५ हजारका पुस्तक बिकिरहेको छ', उनले अनुभव सुनाए, 'बिपीको पुस्तकहरु बढी बिकेको छ।'

बिपीका पुस्तकका अतिरिक्त सिंगापुर कसरी बन्यो, मलेसिया कसरी बन्यो भन्ने शैलीका किताबहरु बढी बिकेको उनी बताउँछन्। विशेषगरी काठमाडौं बाहिरबाट आएका नेताहरुले किताब किनेको उनी बताउँछन्। 'कांग्रेस केन्द्रीय समितिका धेरैजसो नेताहरु चिन्छु', उनले भने, 'उनीहरुले भने यहाँबाट पुस्तक खासै किनेका छैनन्।' 

कांग्रेस नेताः आफ्नै पुस्तक, आफैं बिक्रेता
काठमाडौं जिल्ला कार्य समिति सदस्य रामचन्द्र घिमिरे आफ्नो पुस्तक 'नेपालमा नेपाली कांग्रेस' फिँजाएर उभिइरहेका थिए। आफैं पुस्तक बेच्न बस्नुको कारण भने अनुभव गर्न भएको उनले बताए। दिउँसो १२/१ बजेदेखि बेलुका ६ बजेसम्म उनी त्यहीँ उभिन्छन्। र पुस्तक बेच्छन्। उनीबाट विश्वप्रकाश शर्मादेखि प्रदीप पौडेलले पुस्तक किनिसकेका छन्। केही शीर्ष नेतालाई भने उनले निशुल्क रुपमै पुस्तक हस्तान्तरण गरेका छन्।

'कांग्रेसीहरु किताब नै पढ्दैनन्, कम्युनिस्टहरु राता किताब मात्रै पढ्छन् भनिन्छ। त्यस्तै हो', उनलाई प्रश्न गरियो।

'यो मान्छेको स्वभाव अनुसार हुने कुरा हो। कांग्रेस भन्दैमा पढ्ने वा नपढ्ने भन्ने हुँदैन', उनले भने, 'मेरै किताब लिएर म यहाँ बसिरहेको छु। मेरै किताब लैजानेहरुको समूह हेर्दा पनि पढ्छन् भन्ने नै देखिन्छ।'

तर समग्रमा भन्दा कांग्रेसीहरुमा पढ्ने संस्कृति कम छ भन्ने उनलाई पनि लाग्छ।

प्रति पुस्तक दुई सयमा बेचिरहेको आफ्नो पुस्तक पहिलो दिन ६ हजार, दोस्रो दिन ८ हजार र ९ दिन नौ हजारको बेचेको उनले बताए। उनले पहिलो दिन ३०, दोस्रो दिन ४० र तेस्रो दिन ४५ किताब बेचेको उनको तथ्यांकले देखाउँछ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १८:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला?
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी
सम्बन्धित सामग्री
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौ... बुधबार, कात्तिक ५, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी 'पालैपालो बोल्ने क्रम चलिरहेको छ । पहिलो चरणमा सबैले बोल्ने, यो क्रम करिब अन्त्यतिर पुगेको छ,' मन्त्री खरेलले भने, 'निर्वाचनमै केन्द... मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग आन्दोलनमा गोली प्रहार गर्नेलाई कारबाही, संविधानको सुधार, आन्दोलनको संरक्षण, भ्रष्टाचारको छानबिन लगायतको माग राखेको प्रधानमन्त्री कार... मंगलबार, कात्तिक ४, २०८२
ताजा समाचारसबै
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै बुधबार, कात्तिक ५, २०८२
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला? बुधबार, कात्तिक ५, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्