काठमाडौं– दैलेखमा ६ वर्षीय एक बालकको बोर्डिङ स्कूलको पानी ट्यांकीमा डुबेर मृत्यु भएको छ। दैलेखको नारायण नगरपालिका–१ बस्ने टपेन्द्रबहादुर शाहीको ६ वर्षीय छोरा हिक्मत शाहीको स्कूलको पानी ट्यांकीमा डुबेर मृत्यु भएको हो।
उनी नारायण नगरपालिका–१ मा रहेको सनराईज बोर्डिङ स्कुलमा पढ्थे। उनी सोही बोर्डिङको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको अवस्थामा बुधबार बिहान फेला परेका हुन्।
युकेजीमा अध्यनरत शाही मंगलबारदेखि विद्यालयबाट हराएका थिए। उनको खोजी गर्ने क्रममा आज पानी ट्यांकीमा शव फेला परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।