राजविराज– सिराहाको गोलबजार नगरपालिका ९ स्थित मारुती सिमेन्ट फ्याक्ट्रिमा आगलागी हुँदा १० लाख मूल्य बराबरको क्षति भएको छ।
क्लिंकरको बेल्टमा घर्षण भई आगलागी भएको प्रहरीले जनाएको छ।
प्रहरी, फ्याक्ट्रिका कामदार र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
आगलागीबाट करिब १० लाखको क्षति भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।