राजविराज– सिराहामा चोरी मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका १ का २७ वर्षीय रविन्द्रकुमार मण्डललाई मौवाही–मिर्जापुर भित्री सडकखण्डबाट प्रहरीले पक्राउ गरेको हो।
फरार अभियुक्त पक्राउ गर्ने अभियान अन्तर्गत पक्राउ परेका मण्डलको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।