रियो दि जेनेरियो (एजेन्सी)– करछलीको मुद्धामा ब्राजिलको एउटा अदालतले आफ्ना देशका चर्चित फुटबल स्टार नेइमारलाई ३८ लाख रेइस अर्थात १२ लाख डलर जरिवाना तोकेको छ।
उनलाई करछली मुद्धामा जानीजानी बयान दिन ढिलासुस्ती गरेको आरोप लगाउँदै अदालतले जरिवाना तोकेको हो। संघीय क्षेत्रीय अदालतले सुनाएको फैसलाअनुसार यो रकम पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार स्ट्राइकर नेइमारसहित उनका आमा–बुवा र वित्तिय कारोबार सम्हाल्ने कम्पनीले तिर्नु पर्नेछ।
न्यायाधिस कार्लोस मुटाले निर्णयमा भनेका छन्, ‘नेइमार र उनका प्रतिनिधिहरुले अन्तिम निर्णयमा ढिलाइ गर्दै अपील गर्ने प्रक्रियालाई प्रभावित तुल्याएका छन्।’
नेइमारका वकिलले यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन्। २५ वर्षीय नेइमारलाई २०११ देखि २०१३ सम्म ६ दशमलव ३६ करोड रेइस अर्थात करिब २ करोड डलर छली गरेको आरोप लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।