Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

यस्ताे छ जनयुद्दमा घाइते पूर्व लडाकुकाे कथा

64x64
नेपाल लाइभ बुधबार, पुस ४, २०७५  २३:१४
1140x725

काठमाडौं- विस्तृत शान्ति सम्झौताको ठिक १२ वर्ष पुगेको दिन मंसिर ५ गते पूर्वलडाकु कुलप्रसाद भट्टराई 'कुसुम'ले विष पिए। त्यो पनि गृहमन्त्री रामबहादुर थापा बादलकै अघिल्तिर।

आफ्ना नेताहरुले पूर्व लडाकुको मागको कुनै सुनुवाइ नगरेको भन्दै विषको सिसी बोकेर योजनाबद्ध ढंगले उनी सिंहदरबार पुगेका थिए। उनी अहिले तंग्रिएका त छन्, तर 'जनयुद्ध'ले छाडेर गएका घाउ बल्झिन छाडेको छैन।

कुसुम जस्तै ६ जना पूर्वलडाकु भने यतिबेला वीर अस्पतालको आकस्मिक कक्षमा जीवन-मरणको दोसाँधमा छन्। 

गणतन्त्र सेनानीसहित घाइते अपांगता परिचयपत्र प्रदान गर्नुपर्ने, जनयुद्ध तथा आन्दोलनका घाइतेलाई जीवन निर्वाह भत्ताको ग्यारेन्टी गर्नुपर्ने, औषधि उपचारका लागि तत्काल आर्थिक सहायता प्रदान गर्नुपर्ने, घाइते तथा अपांगता भएकाहरुका बालबच्चालाई निःशुल्क उच्च शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्ने लगायत ५ बुँदे माग राख्दै उनीहरु मंसिर २७ देखि आमरण अनसनमा छन्। माइतीघर मण्डलामा ५ दिनसम्म अनसन बस्दा पनि नेताहरुले उनीहरुको वास्ता गरेनन् बरु सोमबार मध्यरात धरपकड गरेर वीर अस्पताल पुर्याएको उनीहरु बताउँछन्।

‘परिवर्तनको लडाइँमा हामी जनयुद्धमा होमियौं। अहिले घाइते अवस्थामा दयनीय अवस्था गुजारिरहेका छौं,' उनीहरुको एकैस्वर छ, 'हाम्रो रगतमा होली खेलेर राज्य सत्तामा पुगेका हाम्रा लडाइँका सहकर्मीहरु आज बेखबर छन्। कुनै मागको सम्बोधन गर्न चाहेका छैनन्।’

मंगलसिंह प्रजा 
तीन पटकभन्दा धेरै हमलामा सहभागी भएका थिए प्रजा। २०६० सालमा बुटवलको चुनोलमा रहेको तत्कालीन साही नेपाली सेनाको २२ नम्बर बाहिनी कब्जा गर्ने क्रममा दोहोरो भिडन्त हुँदा उनको टाउको र कम्मरमा छर्रा लाग्यो। २०६१ र २०६२ मा अर्घाखाँचीको सन्धीखर्कमा पनि उनी भिडन्तमा परे। त्यतिबेला उनको हात र खुट्टामा छर्राले भेट्यो। 

'बुटवलको भिडन्तमा टाउको र कम्मरमा लागेको छर्राको पीडा अहिले पनि बल्झिन्छ,' प्रजा भन्छन्, 'पुर्खाको जमिन बेचेर जति उपचार गरे पनि सम्भव नै भएन।'

हाँडीखोला-३ मकवानपुरका उनी ३३ वर्षका भए। एक छोरी र एक छोरा गरी दुई सन्तानका अभिभावक हुन् उनी। आफू जस्तै अरु घाइते पूर्वलडाकुसँग गृह मन्त्रालय पुगेर निवेदन दिए पनि सुनुवाइ नभएको उनले गुनासो गरे।

nimb
nimb
Ncell 2
Ncell 2

आफ्ना बालबच्चाको पढाइ र पालनपोषणको उतिकै चिन्ता छ उनमा। ‘हाम्रो रगतमा होली खेल्ने नेताहरु सत्तामा पुगेका छन्। घाइतेलाई मलम लगाउनुको साटो खुर्सानीको धुलो लगाउने काम गरिरहेका छन्,' गहभरि आँसु झार्दै अस्पतालको बेडबाटै उनले भने, 'हाम्रो माग जबसम्म पूरा हुँदैन तबसम्म अनसन तोड्नेवाला छैनौं। हामी ६ जनाको मात्र होइन, हजारौं घाइते लडाकुको अधिकारका लागि अनसन बसेका हौं।' 

लीलाचन्द्र कामी
एक छोराका अभिभावक सानोश्री-९ बर्दियाका कामी उमेरले ४५ काटे। जनयुद्धमा उनले पनि ठूलो योगदान गरेका थिए। तर अहिले आफूसँगैका सहकर्मी नेताहरु सरकार पुगेपछि उनीहरुसँगै न्यायको भीख माग्नु परिरहेको छ।

२०५८ सालमा उनलाई सेनाले सुराकीको आरोपमा गिरफ्तार गरेको थियो। त्यसको दुई वर्षपछि प्रहरीले पक्राउ गर्यो। त्यतिबेला प्रहरीको कुटाइबाट टाउको र पैतालामा निकै चोट लागेको उनी सुनाउँछन्। 'जसका कारण मस्तिष्क नै खलबलिएको जस्तो लाग्छ,' उनी भन्छन्, 'हिँड्दा टाउको झनझनाउँछ।' 

सेना र प्रहरीको कुटाइको प्रतिशोध साँध्न माओवादी लडाकुमा आबद्ध हुने योजना बनाए उनले। २०६१ सालदेखि लडाइँमा होमिएका उनी त्यसको एक वर्षपछि बर्दिबासको बगनामा नेपाली सेनासँगको दोहोरो भिडन्तमा परे। सो भिडन्तमा उनको टाउको, ढाड र पातामा छर्रा लाग्यो। त्यो छर्रा अहिलेसम्म निकाल्न सकिरहेका छैनन्।

'लालपूर्जा सबै धितो राखेर बैंकबाट ऋण लिएर अप्रेसन गर्ने प्रयास गरेँ तर सम्भव भएन,' कामी भन्छन्, 'छर्राकै कारण कलेजोको क्यान्सर भएपछि कलेजो काटेर फालिएको छ।'

आफूहरुको योगदानको अवमूल्यन गरी बेवास्ता गर्ने नेताहरुले राजीनामा दिनुपर्ने उनको आक्रोश छ।

नरवीर दमाई
दुवै खुट्टमा गोलीको छर्रा बोकेर बाँच्न विवश छन् दमाई। जग्गा बेचेर दाहिने खुट्टाको ८ पटकसम्म शल्यक्रिया गरिसकेको उनको छातीमा पनि एउटा छर्रा छ।

३६ वर्षका कामी बडाभैरव-७ दैलेखका हुन्। दुई छोरा र एक छोरीका अभिभावक उनी पनि यतिबेला वीर अस्पतालको शय्यामा लडिइरहेका छन्।

२०५६ सालमा अर्घाखाँचीको सन्धीखर्क आक्रमणमा उनी पनि सामेल थिए। २०५९ सम्म विभिन्न भिडन्तमा उनी थप घाइते हुन पुगे। 'शरीरमा क्यान्सरको खतरा हुने हो कि भनेर चिन्ता लाग्छ,' उनी भन्छन्, ‘युद्धमा कति रगतको खोला बगायौं होला? त्यही परिवर्तनले माओवादी नेताहरु आज सत्तामा पुगेका छन्। तर अहिले हामीलाई चिन्दैनन्।' 

जनयुद्धमा घाइतेहरुको उपचार खर्च मागसहित गृहमन्त्री रामबहादुर थापासमक्ष पत्र बुझाए पनि सुनुवाइ हुन नसकेको उनले गुनासो गरे। 'अब पनि माग सम्बोधन नभए अनसनकै अवस्थामा मर्न तयार छौं,’ उनी भन्छन्।

वीरबहादुर परियार
परियारले त युद्धका क्रममा दायाँ आँखा नै गुमाए। ३५ वर्षका उनको दायाँ खुट्टामा समेत गोलीको छर्रा छ। जग्गा बेचेर उपचार त गरे तर निको भएन।

उनी २०५८ मा खलंगा र २०६१ मा म्याग्दीमा दुईपटक भिडन्तमा परेका थिए।

तातोपानी– ५ जुम्लाका परियारका दुई छोरा छन्। तर आफू यस्तो अस्थामा रहँदा परिवारको अवस्था बेहाल भएको उनले दुखेको पोखे।

आफ्ना मागबारे पटकपटक आवाज उठाए पनि सम्बोधन नभएकाले आमरण अनसन बस्नुपरेको उनी बताउँछन्। 

संग्रामे सार्की
२०५९ मा अर्घाखाँचीको सन्धीखर्कमा भएको भिडन्तमा परेका सार्कीको दुवै खुट्टामा गोलीका छर्रा छन्। जसका कारण बैसाखीको सहारामा हिँडडुल गर्नुपर्ने बाध्यता छ।

धौलागोह-१ कालीकोटका ३६ वर्षीय उनका दुई छोरा र एक छोरी छन्। घाइते शरीर र अनसनका कारण उनको स्वास्थ्य अवस्था झनै नाजुक बन्दै गएको छ।

मन दर्जी 
दर्जीकी श्रीमती पनि पूर्वलडाकु नै हुन्। दुवै जनयुद्धका घाइते भएकाले सन्तानलाई पालनपोषण तथा शिक्षा प्रदान गर्न निकै गाह्रो छ। दर्जी २०५८ मा जुम्लाको खलंगा, २०५९ मा अर्घाखाँचीको सन्धीखर्क र २०६१ मा कालीकोटको कोडबाडा भिडन्तमा परेका थिए।

शान्ति त्रिवेणी-७ कालिकोटका ३६ वर्षीय उनका दुई छोरा र दुई छोरी छन्। उनको छाती र दायाँ खुट्टामा छर्रा छ भने श्रीमती घाँटीमा छर्रा बोकेर अशक्त जीवन बाँचिइरहेकी छन्। अहिले उनको मुखबाट रगत बगिरहने समस्या छ।

'धेरै खर्च गरेँ। भएको अलिकति जग्गा पनि सकियो,' उनी बिलौना गर्छन्, 'अब सम्पतिको नाममा सन्तान र श्रीमतीबाहेक केही छैन।'

लडाकु समायोजनमै विभेद गरिएको उनको भनाइ छ। 

अनसनस्थलबाटै उठाएर अस्पताल पुर्याए पनि उनीहरुले उपचार गराउन मानेका छैनन्। उनीहरुको अडान छ, 'सरकारले हाम्रो माग पूरा गर्ने प्रतिबद्धता जनाओस् तबमात्र औषधि लिन तयार छौं।'

प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  २३:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ शुक्रबार, वैशाख ४, २०८३
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति शुक्रबार, वैशाख ४, २०८३
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध शुक्रबार, वैशाख ४, २०८३
फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्