• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २७, २०८२ Mon, Oct 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

...अनि उनले गृहमन्त्रीकै अगाडि विष पिए 

64x64
नेपाल लाइभ सोमबार, मंसिर १७, २०७५  १७:३५
1140x725

काठमाडौं– मंसिर ५, अर्थात् विस्तृत शान्ति सम्झौताको ठिक १२ वर्ष पुगेको दिन।

यही दिन एउटा समाचार भाइरल बन्यो अनलाइनहरुमा– 'गृहमन्त्रीकै अगाडि पूर्व लडाकुले खाए विष…'

बहालवाला गृहमन्त्रीकै अघिल्तिर मृत्युवरणको प्रयास! यो सामान्य खबर थिएन। 

'पीडाको कुनै सुनुवाइ भएन भने गृहमन्त्रीकै अगाडि मर्छु भन्ने तयारीका साथ विषको सिसी बोकेर त्यहाँ पुगेको थिएँ,' नेपाल लाइभ कार्यालयमा आइपुगेका कुलप्रसाद भट्टराई 'कुसुम'ले सुनाए। 

000

जम्मा १३ वर्षकै उमेरमा तत्कालीन नेकपा माओवादीमा आबद्ध भए भट्टराई। युद्धकालमा जुन उत्साह र जोस थियो, शीर्ष नेताहरुले देखाएको सपनाले त्यसलाई दोब्बर पारिदिन्थ्यो।

जब शान्ति सम्झौतापछि माओवादी मूलधारको राजनीतिमा आयो। संघर्षको अनेकौं मोर्चामा होमिएका लडाकुहरु बिस्तारै छुट्दै गए। नेताहरु सत्ताको वरिपरि घुम्न थाले।

यही निराशाबाट गुज्रिएका भट्टराईले योजना बनाए– गृह मन्त्रालय छिरेर मन्त्रीलाई आफ्नो गुनासो सुनाउने। 

Ncell 2
Ncell 2

५ गते उनी गृह मन्त्रालयतिर सोझिए। सचिवालयमा प्रवेश गरे। तीन घन्टा पर्खिएपछि मात्रै बल्ल उनले गृहमन्त्री रामबहादुर थापा 'बादल'को दर्शन पाए।

थापाको कार्यकक्षमा प्रवेश गर्दा तीन जना थिए। बीचमा मन्त्री थापा। दायाँतिर उनका छोरा प्रतीक र बायाँतिर सल्लाहकार सूर्य सुवेदी।

गृहमन्त्री समक्ष भट्टराईले कसरी माओवादी युद्धमा सहभागी भएँ भन्नेदेखि टहराको बाससम्मका अवस्थाबारे बेलीविस्तार लगाए। युद्धकालमा शरीरमा लागेका गोली र छर्राका विवरण सुनाए। उपचारका क्रममा लागेको ऋण तिर्न नसकेको पीडा कहे। सहयोगको याचना गर्दा पाएका दुर्वचन र हैरानीको फेहरिस्ता सुनाए। अनि, आर्थिक सहायताका लागि अनुनय गरे।

गृहमन्त्रीले सुनीमात्रै रहे, केही प्रतिक्रिया जनाएनन्। बरु सल्लाहकार सुवेदीले हकारे, ‘जे गर्ने हो गर्नुस्, कुनै सहयोग गर्न सकिन्न।’

उनलाई करेन्ट लागेजस्तो भयो। 'युद्धकालमा गोली लाग्दाभन्दा बढी पीडा महसुस भयो,' एकछिन रोकिएर उनले लामो सास फेरे, 'युद्धकालमा सहयोगी कमरेडहरु यिनै हुन् त भन्ने प्रश्न उब्जियो। जीवन जिउने आशाको त्यान्द्रो पनि चुटिएजस्तो भयो।'

सल्लाहकारको जवाफले उनलाई झन् दृढ बनायो। त्यतिन्जेलसम्म पनि बादल बोलेनन्। बरु भट्टराई नै अघि सरे, 'मेरो मर्ने अवस्था आइसकेको छ। बाहिर मर्नुभन्दा तपाईकै अघि मर्छु।'

लगत्तै उनले खल्तीबाट सिसी निकाले र विष स्वाट्टै पारे। बेहोस अवस्थामै उनलाई सुरक्षाकर्मीले वीर अस्पताल पुर्‍याए।

अहिले उनमा विषको असर त निको भइसक्यो तर विगतको घाउ चहर्‍याइरहेको छ। गृहमन्त्रीको अगाडि विष सेवन गर्नुअघि उनीसँग जेजे निराशा र पीडा थिए, ती सबै उस्तै छन्। 'झन् थपिएको पो छ,' उनी भन्छन्।

बन्दुकदेखि विषसम्म 
दुब्लो शरीर। गढेका आँखा। हड्डी देखिने गाला। उकुसमुकुसले थिचिए जस्तो अनुहारको भाव। 

नेपाल लाइभ कार्यालयमा आउँदा एकसरो कपडा र फाटिसकेको जुत्तामा थिए भट्टराई। बन्दुकदेखि विषसम्मको अवधिमा सास्तीका हजार पुल तरेका छन् उनले। 

१७ वर्षअघि तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित सशस्त्र युद्धमा सहभागी भएका थिए। जतिबेला उनको उमेर थियो १३ वर्ष। कलिलो काँधमा सर्वहाराको जनसत्ता स्थापना गर्ने जिम्मेवारीको हिस्सा थपिएको थियो।

माओवादी युद्धले उच्च प्रभावित जिल्लामध्येका एक कालिकोटका बासिन्दा हुन्, उनी। माओवादी नेताको जादुयी भाषणले उनलाई नतान्ने कुरै थिएन। अहिले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्तासमेत रहेका नेता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जनवादी भाषण उनलाई अहिले पनि सम्झना छ। संसारै जित्ने सपना देखाएका थिए नेताहरुले। अझ जुरुकजुरुक पार्ने भाषणले उनको उत्साहमा घिउ थपिदिन्थ्यो।

सुरुवातमा बाल संगठनमा जोडिए, उनी। संगठकका रुपमा उनका प्रारम्भिक दिनहरु अन्य बालबालिकालाई माओवादीप्रति आकर्षित गराउने थियो। 'बुर्जुवा शिक्षा पढाउनु हुँदैन' भन्दै उनी अन्य बालबालिकालाई माओवादी युद्धमा होमिन उत्प्रेरित गर्थे। नेता, लडाकु तथा कार्यकर्ताको पत्र ओहोरदोहोर गराउँथे। काम जिम्मेवारपूर्वक र प्रभावकारी ढंगले गर्थे। 

'मेरो क्षमताको पार्टीले मूल्यांकन गर्‍यो। लालसेनामा पदोन्नति भएँ,' उनी भन्छन्, 'त्यसपछि ठूलासाना लडाइँमा सहभागी भइयो।' आफूले पड्काउने प्रत्येक गोलीले गरिबको सत्ता नजिकिएजस्तो महसुस हुने सुनाउँछन् उनी।

२०५९ कात्तिक २८ मा जुम्ला, २०६० चैत ७ मा बेनी तथा २०६२ साउन ३२ मा पिली आक्रमणमा उनी पनि युद्धमोर्चामा सामेल थिए। युद्धका अनेक अनुभूति छन् उनीसँग। कतिपटक जितका नारा लगाए। कतिपटक आँखैअगाडि सहिद भएका साथी सम्झेर रोए।

मकवानपुरमा भएको भिडन्तमा भट्टराईको टाउकोमा गोली लाग्यो। बेनी आक्रमणमा 'दुस्मन'को गोलीको निसाना उनको कोख बन्यो। आफ्नो शरीर ध्वस्तै भए पनि राज्यसत्ता ध्वस्त नपारी नछाड्ने दृढताका कारण उनी खटिइरहे। माओवादी सेनाबाट विश्राम लिएनन्। शरीरमा गोली लागेर के भयो, आँट र सपना मरेको थिएन। साम्यवादी राज्यको कल्पना सग्लै थियो।

त्यतिबेला माओवादी नेताहरुले अभिव्यक्त गर्ने शब्दावली सापटी लिँदै उनी भन्छन्, 'राज्यसत्ता परिवर्तनका साथै नेपाली जनताको भाग्यरेखा कोर्नको लागि माओवादी भएको थिएँ।'

उतिबेलाको आफ्नो बुझाइ सम्झेर अहिले फिस्स हाँस्छन् उनी। जनताको भाग्यरेखा होइन, नेतृत्वका सुविधा र लडाकुका अन्धकार भविष्य रेखा कोरिएझैं लाग्छ उनलाई।

'धनी र गरिब कोही हुन्नन्, सबै बराबरी' भन्दै नेताहरुले गर्ने भाषण त जनता झुक्याउन गरिएको रहेछ भन्ने महसुस भएको छ उनलाई। 

'भ्रममा परियो,' उनी छुटिसकेको समयप्रति चुकचुकाए।

उत्साहपूर्ण विगत, नीरस वर्तमान
नेताप्रतिको आक्रोश उच्च छ उनमा। युद्धमा आफूहरुलाई होमेर अलपत्र बनाइएको बुझाइले दिक्क देखिन्छन्।

यही चरम दिक्दारीको परिणाम थियो– विष सेवन।

शान्ति प्रक्रिया सुरु भएसँगै माओवादी सेनाहरु क्यान्टोमेन्टमा एकत्रित भए। उनी पनि अस्थायी शिविर चितवनको शक्तिखोर पुगे। शिविरमा बस्नु भनेकै विगत सम्झिनु र भविष्यप्रति अन्योल हुनु थियो। लडाइँका भागदौडमा उनले बेवास्ता गरेको घाउ शिविरको स्थिरतामा बल्झिन थाल्यो।

युद्धका कारण लामो समय घरमा बस्न नपाएका उनी बिदा मिलाएर केही समय घरमै बसे। तर, गाउँ उनले छाडेर हिँडेजस्तो थिएन। युद्धले धेरै परिवर्तन गराइदिएको थियो। उनी शिविरमै फर्किए।

गोली लागेकाले उनमा घाउ बल्झियो। अस्पताल भर्ना भए। त्यसै समय माओवादी सेनाको बहिर्गमन प्रक्रिया सुरु भएको थियो। योग्य/अयोग्य वर्गीकरणका बेला शिविरमा नभएकाले उनी समायोजन प्रक्रियाबाट छुटे।

यसपछि नै जीवनको दु:खद ‘टर्निङ प्वाइन्ट’ आएको उनी बताउँछन्। अयोग्य, बर्हिगमित वा नेपाली सेनामा प्रवेश कुनै पनि विकल्प उनका लागि सहयोगी भएनन्। उनी ‘यता न उता’का बने। 

'नेताको आश्वासनले जीवनको ऊर्जाशील समय खर्च गरेँ। कतै पनि पर्न सकिनँ,' निराश भावमा उनी बोल्छन्, 'आत्मग्लानि हुन्छ।' 

शिविरमै हुँदा हिँड्न नसक्ने, मुखबाट रगत बग्ने भएपछि उनी उपचार गर्न चितवन गए। पूर्ण निको हुन सकेनन्। नेपालगन्ज र काठमाडौंका अस्पतालमा पनि महिनौं बिताए। तर पुरानो घाउ पूर्ण रुपमा निको हुन सकेन।

शिविरमा हुँदा एकखालको दैनिकी थियो। त्यो पनि उनीबाट छुटिसकेको थियो।

उनले माओवादी युद्धमा गरेको योगदानबाट कुनै आर्थिक सहायता पाउन सकेनन्। रगत पसिनाको कुनै मूल्यांकन पनि भएन। उपचार तथा घर खर्चले दैनिक रुपमा समस्या थप्दै गइरह्यो। उनलाई आफू अँध्यारो सुरुङबाट भित्रभित्रै छिरिरहेको महसुस हुन थाल्यो।

अहिले कर्णालीका मुख्यमन्त्री शाही र भट्टराई छिमेकी गाउँले हुन्। शाही मुख्यमन्त्री बनेपछि भट्टराईमा आस जागेको थियो। केही खर्चको सहयोग भइदिए हुन्थ्यो भन्ने आसमा उनी शाहीलाई दु:ख पोख्न गए। तर, उनी निराश भएर फर्किए।

शाहीको भनाइ भट्टराईले सुनाए, ‘अहिले अधिकार प्रदेशलाई दिएको छैन। आर्थिक सहायता गर्न सक्ने अवस्थामा प्रदेश छैन।’

शाहीले अनेकथरि कानुनी समस्या देखाए। 'हिजो युद्ध लड्दा नचाहिएको कानुन थोरै सहयोग माग्दा चाहियो,' भट्टराईको अपेक्षा यो थिएन। 

द्वन्द्व पीडितलाई राज्यले उपलब्ध गराउने आर्थिक सहायता पाएनन् नै, पार्टीको तर्फबाट पनि सहयोग प्राप्त नभएपछि उनमा निराशाको तह उच्च छ।

प्रदेशपछि केन्द्रमै गुनासो सुनाउन आएका उनले यस्तो नियति भोग्नुपर्‍यो।

'प्रचण्डको नक्कली आँसु'
तत्कालीन माआवादीका सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड नेकपाका अध्यक्ष छन्। उनीकहाँ पनि दर्जनौं पटक पुगे भट्टराई। उनका कुरा सुनेर प्रचण्ड भावुक भए तर सहयेग गरेनन्। 

उनलाई लाग्छ, प्रचण्डका आँसु नक्कली हुन्। हिजोको युद्धलाई नेतृत्व गरेका आफ्नै कमरेडहरु मन्त्री छन्। सिंहदरबार उनीजस्ता सर्वसाधारणको लागि सहज पहुँचमा रहेनछ भन्ने त्यहीँ पुगेपछि थाहा पाए। 

केही दिनसम्म उनका पाइतालाले सिंहदरबारसम्म डोहोर्‍याइरह्यो। तिनै पाइताला दक्षिणी गेटमा पुर्‍याएर रोकिन्थे।

अनेक धपेडी खपेर गेटपासको चिर्कटो पाउने प्रक्रिया उनले थाहा पाए। त्यसपछि आफ्ना कमरेडले सम्हालेको मन्त्रालयमा धाउन थाले। 'सहयोगको याचना गर्दै नपुगेको कुनै मन्त्रालय छैन,' उनी भन्छन्, 'तर युद्धका बेलाका मिठा भाषण गर्ने कमरेडहरु तिता सुनिए।' हरेकले कानुनी अड्चन देखाउँदै पन्छिन थालेपछि उनमा आक्रोशको मात्रा थपियो।

उनी प्रत्येक दिनजसो सिंहदरबार जान्थे र फर्किएर कपुरधारास्थित टिनको टहरामुनि बास बस्न आइपुग्थे। 'टहरा पनि साहुले भत्काउने तयारी गरेका छन्। अब कहाँ बस्ने अन्योल थपिएको छ,' उनी डेरा बसाइको बाध्यता सुनाउँछन्। 

साथीभाइबाट प्राप्त सहयोगले दैनिकी धानिरहेका उनलाई शारीरिक अस्वस्थता र साँझ बिहानको गाँस जुटाउने समस्याले निराशाको उच्च तहमा पुर्‍याएको छ। प्रत्येक दिनको हैरानीले नौनाडी गलेका छन्। 

उनलाई दिक्क लगाउने एउटै प्रश्न छ– अब के गर्ने?

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०७५  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी
विश्वकप छनोट : नेपालले दियो यूएईलाई १४१ रनको मध्यम लक्ष्य
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
विश्वकप छनोट : नेपालले दियो यूएईलाई १४१ रनको मध्यम लक्ष्य आइतबार, असोज २६, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
मुलुक अहिले पनि ठूलो भ्याकुममा जान सक्ने खतरा छ : सञ्चारमन्त्री खरेल आइतबार, असोज २६, २०८२
एमाले सचिवालय बैठक सुरू : ११औं महाधिवेशनको मिति तोकिँदै आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
माओवादीसँगको एकताबारे विवाद हुँदा नेकपा एसको बैठक भोलिका लागि सारियो शनिबार, असोज २५, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
दूतावासहरूमा गएर मन्त्री र पद मागिएको जेनजी २.० समूहको दाबी, असली जेनजीको  बदनाम नगर्न चेतावनी शनिबार, असोज २५, २०८२
राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएपछि जेनजीसँग बैठक सोमबारलाई सर्‍यो शनिबार, असोज २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्