काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न ठाउँमा चोरी गर्ने ५० जनाभन्दा बढी चोरलाई पक्राउ गरेको छ ।
सहकारी, पसल चोरी, पकेटमारी, लुटपाट लगायतका घटना बढेपछि प्रहरीले चोरी तथा लुटपाट रोक्न विशेष अभियान सञ्चालन गरेको थियो। सोही क्रममा ५० भन्दा बढी चोर तथा पकेटमारलाई पक्राउ गरिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
यसबारे प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।