काठमाडौं– हिमालयन बैंकले लगानीकर्तालाई १५ दशमलब ७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र १० दशमलब ७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
बैंक सञ्चालक समितिले गत आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट प्रस्ताव गरेको लाभांश लगानीकर्ताले भने राष्ट्र बैंक र बैंकको अगामी साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।