जनकपुर- महोत्तरीको बर्दिबासमा भन्सार छली गरी ल्याएको सुर्तिजन्य पदार्थ तुलसी, तम्बाकु तथा राज निवास गुटखा प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय बर्दिबासले नियमित चेकजाँचको क्रममा बर्दिबास नगरपालिका वडा नं–३ स्थित गौरिडांडामा कटारीबाट काठमाडाैं जाँदै गरेको बा ३ ख ७४६८ नम्बरको यात्रुबाहक बसबाट सूर्तिजन्य पदार्थ तुलसी, तम्बाखु तथा राज निवास गुटखा बरामद गरेको हो।
दुई लाख मूल्य बराबरको ५ सय बट्टा तुलसी तम्बाकु तथा सिरहाबाट काठमाडाैं गइरहेको को १ ख ६७१४ नम्बरको मिनि बसबाट १६ हजार मूल्य बराबरको ८० प्याकेट राज निवास गुटखा भन्सार छली चोरी आयात गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।