बारा– बाराको सिमराबाट प्रहरीले आज अवैध घरेलु मदिरासहित चार जनालाई नियन्त्रणमा लिएको छ।
जितपुर सिमरा उपमहानगरपालिका २ स्थित सिमरा चोकबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
इलाका प्रहरी कार्यालय सिमरा टोलीले सवारी चेकजाँचका क्रममा काठमाडाैंबाट वीरगंज जाँदै गरेको ना ६ ख ६३७६ नम्बरको बसबाट करिव १ सय २० लिटर घरेलु मदिरासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीले मदिरा ओसार–पसारमा संलग्नको नाम भने सार्वजनिक गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।