विराटनगर– भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको २ लाख २५ हजार मूल्य बराबरको समान मंगलबार प्रहरीले बरामद गरेको छ।
भन्सार छली ल्याइएको किराना समान, कोट तथा कुर्ता सुरुवाल लगायतका सामान मोरङको विराटनगर महानगरपालिका–१५ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।
पक्राउ गरिएको सामान विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।