काठमाडौं– दृष्टिबिहीन किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
तेह्रथुम आठराई गाउँपालिका–४ बस्ने १७ वर्षीया दृष्टिबिहीन किशोरीलाई बलात्कार गरेको अभियोगमा सोही गाउँपालिका–६ बस्ने २६ वर्षीय डोलेश्वर लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
लिम्बुले गत बुधबार दिउँसो किशोरीलाई ललाइफकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।