• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ५, २०८२ Wed, Oct 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दलालकाे पञ्जाबाट फुत्केर आएकी नेपाली महिलाकाे दर्दनाक कथा

64x64
नेपाल लाइभ मंगलबार, पुस ३, २०७५  २२:३७
1140x725

काठमाडौं– वैदेशिक रोजगारीका नाममा नयाँनयाँ बहाना बनाएर तस्करले नेपाली महिलालाई तेस्रो देश पुर्‍याउने खबर नयाँ होइन। वैदेशिक रोजगारको 'ललिपप' देखाउँदै भारतको दिल्ली, मुम्बई र अन्य सहर हुँदै महिलालाई खाडी तथा अफ्रिकी मुलुकहरुमा पुर्‍याउने गरिएको छ। नेपालबाट मासिक २ सय देखि ३ सय महिला तस्करीमार्फत तेस्रो देश जाने गरेको विभिन्न अध्ययनले जनाएका छन्।

यस्तै तस्करीको फन्दामा परेकी एक नेपाली चेलीले हामीलाई पीडादायी यात्राबारे सुनाएकी छन्। जो दलालसँग प्रेमको नाटक रचेर फुत्कन सफल भइन् र केही दिनअघि दिल्लीबाट भागेर काठमाडौं आइपुगिन्।

OOO

मोरङ विराटनगरकी सुभद्रा शर्मा (नाम परिवर्तन) वैदेशिक रोजगारको मोहमा थिइन्। गाउँकै एक जना दाइले म्यानपावरमार्फत साइप्रस र इजरालय पठाइदिने आश्वासन दिएपछि उनकै साथ लागेर काठमाडौं आइन्। 

ती दाइ थिए, आफूलाई सुनगाभा इन्टरनेसनल म्यानपावरको एजेन्ट बताउने धीरज खरेल। काठमाडौं आएपछि सुभद्राले थाहा पाइन्, दाइसँगै अरु तीन पुरुष र दुई महिला पनि म्यानपावरमा संलग्न रहेछन्।

इजरायल जानका लागि उनले ४ लाख ५० हजार बुझाइसकेकी थिइन्। सुरुमा नेपालबाट हवाई टिकट महँगो पर्ने भन्दै सुभद्रलाई भारत पुर्‍याइयो। उनीसँगै थिए अरु ८ युवती। 'उता सस्तो भएकाले दिल्ली एयरपोर्टबाट उडान हुन्छ भनेका थिए,' उनले भनिन्, 'काठमाडौंबाट हिँडेदेखि नै एजेन्टहरुले अर्कै नजरले हेर्न थालेको महसुस गरेँ। बाटोमा प्रहरीको फन्दामा पर्ने उनीहरुले इमानदार भएर होसियारीपूर्वक लैजाने रहेछन्।’ 

एजेन्टले भनेको नमान्ने युवतीलाई दुर्व्यवहार गर्ने र कतिपयलाई कोठामा थुनेर हातपात गर्ने गरेको उनले सुनाइन्। 'यतिसम्म गर्छन् कि भारतीय पुलिस हो भन्दै आएर शारीरिक शोषण गर्छन्। रमिता हेर्न बाहेक केही गर्ने सक्ने अवस्था हुँदैन,’ सुभद्राले भनिन्।  

काठमाडौंबाट हिँडेको ७ दिनमा उनीहरु दिल्ली पुगेका थिए। सुभद्रासँगै चितवन, काभ्रे, नवलपरासी, झापातिरका अरु युवती थिए। उनीहरुलाई एजेन्टले साइप्रस पोल्यान्ड र इजरायल लैजाने आश्वासन दिएका थिए।

Ncell 2
Ncell 2

प्रहरीले बाटोमा सोध्दा कहिले दिल्लीमा आफन्त बिरामी छ भन्नुपर्थ्यो त कतै अपरिचित व्यक्तिको श्रीमतीको नाता लगाउनुपर्थ्यो। कति ठाँउमा त भारतको कुनै बैंकमा जागिर छ भन्न लगाएका थिए एजेन्टले। 

दिल्ली पुगेपछि मात्रै सुभद्रा थाहा पाइन्, आफूहरु मानव तस्करको फन्दामा परेको।

एक हप्तासम्म भातको टुंगो भएन। तीन दिनमा काम हुन्छ भनेर एजेन्टले प्रलोभन देखाएका थिए। तर समयसीमा गुज्रँदा पनि कुनै प्रक्रिया नभएको सुभद्राले थाहा पाइन्।

केही उपाय नलागेपछि एउटा योजना बनाइन्- तस्करका एजेन्टसँगै प्रेमको नाटक गर्ने। 

त्यसपछि उनी नजिक भएझैं गर्न थालिन्। एक दिन एजेन्टसँगै बाहिर घुम्न गएका बेला नेपाली केटा देखेपछि आखाँको सहाराले बोलाइन्। एजेन्ट ट्वाइलेट गएको मौका पारेर आफू दलालको फन्दामा परेको सुनाइन्। ती नेपाली युवाले उनको सलमा मोबाइल नम्बर लेखिदिए। 

नक्कली प्रेमी बनेका एजेन्ट मख्ख थिए। यस्तैमा एकदिन सुभद्रा योजनामुताबिक उनीसँग घुम्न निस्किइन्। पछि तिनै नेपालीलाई भेटिन् र उनको सहयोगमा भाग्न सफल भइन्।

दिल्लीमा आफूजस्ता धेरै महिला तस्करीको जालमा फसिइरहेको उनको भनाइ छ। 'मभन्दा तीन महिनाअघि दिल्ली पुगेकी एकदिदीले भनेअनुसार त्यहाँ करिब खाडी, मलेसिया, युरोप र अफ्रिका लैजान लागिएका १० हजारभन्दा धेरै महिला र युवती रहेका छन्,' उनी भन्छिन्। 

उनीहरु साइप्रस, पोल्यान्ड, पोर्चुगल, क्यानडा, रसिया, जापान र अन्य देश जान त्यहाँ पुगेका हुन्।

तेस्रो देश रोजगारीका लागि लैजानका लागि दिल्लीमा करिब २० हजार महिला पुरुष रहेको अनुमान गरिएको छ। 

पहाडगन्ज, मनरिका, दिल्ली रोड, मुम्बाईकज भने ठाँउमा धेरै नेपाली महिलालाई तेस्रो देश रोजगारीमा पठाउने भनेर राखिएको उनको भनाइ छ। दिल्लीका भित्री होटल र लजमा प्राय: तस्कारीमा परेका नेपाली महिला र पुरुष भेटिने गरेका छन्।

बाटैपच्छिे एजेन्ट, मुख्य दलालको पत्तो हुन्न
सुभद्राका अनुसार नेपालबाट दिल्ली पुग्दा करिब पाँच जना एजेन्ट बाटोमै भेटिन्छन्। उनीहरुले हरेक सीमाक्षेत्रमा फरक–फरक तरिका सिकाउदै लैजाने गर्छन्। प्रत्येक पाँच जनाका साथमा दुई पुरुष एजेन्ट हुने गरेको सुभद्रा बताउँछिन्।

मुख्य एजेन्ट को हो भन्ने उनीहरु कसैलाई थाहा हुँदैन। तस्करी रुट मिलाउनेसँग एजेन्टको पनि खासै भेट नहुँदो रहेछ। 'हामीलाई प्रलोभनमा पारी लैजाने मुख्य एजेन्ट दिल्लीमा होइन थाइल्यान्ड र हाइटीमा बसेर सेटिङ मिलाउने काम गर्छ रे,’ उनले भनिन्, 'हरेक एजेन्टले युवतीलाई रुट परिवर्तनपिच्छे फरकफरक लजमा लैजान्छन्। रोजगारीमा जाने अधिकांश महिला एजेन्टमार्फत बाटोमै बलात्कृतसमेत हुने गरेका छन्।’ 

सेटिङ मिलाउने मुख्य नाइके टीकाराम मोटेबसाई ठकुरी हाइटीमा बसेर नेपाल र भारतमा एजेन्टमार्फत काम गराउने गरेको उनको भनाइ छ। 

म्यानपावरभन्दा व्यक्तिगत सम्पर्कमा वैदेशिक रोजगारमा जाने धेरै महिलाको तस्करी हुने गरेको पाइन्छ। एजेन्टले वास्तविक नाम-थरसमेत ढाँट्ने भएकाले उनीहरु झन् समस्यामा पर्छन्।

मोटेबसाई विरुद्ध त महानगरीय प्रहरी अपराध महाशाखामा उजुरीसमेत परेको छ। ७० लाखभन्दा बढी रुपैयाँ ठगी गरेको भन्दै तीन दर्जनभन्दा बढी पीडितले उजुरी गरेका हुन्। 

'सरकारको आँखा छलेर जाँदा रोजगारीका नाममा धेरैजसो पीडित भइरहेका छन्,' श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले भने, 'तेस्रो देश भएर जाने कामदारका विषयमा सरकारलाई जानकारी हुँदैन। जसलाई नियन्त्रण र रोक्न पनि गाह्रो पर्छ।'

नो अब्जेक्सन लेटरपछि नयाँ रुट श्रीलंका र बंगलादेश 
भारतको दिल्ली हुँदै खाडी र अफ्रिकी मुलुक पुर्याउन कठिन हुन थालेपछि मानव तस्करीमा सक्रिय समूहले पछिल्लो समय श्रीलंका र बंगलादेशलाई नयाँ रुट बनाउन सुरु गरेका छन्। 

नेपाली महिलालाई दिल्ली पुर्‍याएर प्रतिबन्धित मुलुकमा पठाउने क्रम बढेयता नेपाल-भारतबीच दुई वर्षअघि 'नो अब्जेक्सन लेटर' अनिवार्य गर्ने सहमति भएको थियो। त्यसपछि तस्करले उनीहरुले नयाँ रुटका क्रममा श्रीलकांलाई प्रयोग गर्न थालेका हुन्।  

स्थलमार्ग प्रयोग गरी दिल्ली विमानस्थलबाट हवाईमार्ग हुँदै ९ मुलुक जाने नेपालीका लागी दिल्लीमा रहेको नेपाली दूतावासको नो अब्जेक्सन लेटर अनिवार्य गर्न नेपाल-भारत गृह मन्त्रालयका अधिकारी सहमत भएका थिए। उक्त सहमतिपछि भारतीय प्रशासनले दिल्ली हुँदै साउदी अरेयिबा, बहराइन, कतार, इराक, कुबेत, ओमान, लेबनान, लिबियार युएई जान चाहने नेपालीका हकमा नेपाली दूतावासको पत्र अनिवार्य गरेको छ। यो व्यवस्थापछि मानव तस्करीमा संलग्न समूहले रुट बदलेर स्थलमार्गबाट दिल्ली हुँदै श्रीलकां र बंगलादेशबाट खाडी मुलुक अथवा अफ्रिकी मुलुक पठाउने गरेका छन्। दिल्ली हुँदै श्रीलंका र बंगलादेशका लागि नो अब्जेक्सन लेटर आवश्यक पर्दैन। 

महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीका अनुसार हाउसमेड कामदार लैजान तस्करले आवश्यकता अनुसार रुट परिवर्तन गर्दै आएका छन्। नेपाल–भारत खुल्ला सिमानाको प्रयोग गरी भारतको दिल्ली, बनारस, कोलकाता, लखनउ, चेन्नई विमानस्थलबाट भिजिट भिसाको माध्यमबाट लैजाने गरिएको उनले बताए। 

खाडी देशमा सिधै जान रोकिएको अवस्थामा ती विमानस्थलबाट नक्कली प्रहरी रिपोर्ट बनाई श्रीलंका र बंगलादेश हुँदै युएई पठाउने गरिन्छ।

उद्धार हुन्छ, कारबाही हुँदैन 
सरकारी निकायको फितलो अनुगमनको फाइदा उठाउँदै दलालहरुले महिलालाई रोजगारीका नाममा नक्कली कागजात तयार पारेर विदेशी भूमिमा बेचिइरहेकाले मानव तस्करी डरलाग्दो रुपमा मौलाइरहेको छ। 

सरकारले केही समययता खाडी मुलुक, अफ्रिका, मलेसिया लगायत विदेशी मुलुकमा महिलाहरुलाई घरेलु कामदारको रुपमा पठाउन रोकेको छ। घरेलु कामदारको रुपमा विदेश पुगेका महिलामाथि शारीरिक तथा मानसिक यातना र यौनजन्य हिंसाको क्रम बढेपछि सरकारले महिला कामदार पठाउन रोक लगाएको थियो। तर दलालहरुले विभिन्न नाकाको प्रयोग गर्दै महिलालाई भारतको बाटो भई विदेश तस्करी गरिरहेका छन्।

सरकारले मानव तस्करी हुने देशसँग समन्वय गरेर काम गर्ने सकिरहेको छैन। जसको फाइदा तस्करलाई पुगिरहेको छ। 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५  २२:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपिन जोशीको अन्तिम बिदाइ
भारतीय अभिनेता असरानीको निधन
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना
सम्बन्धित सामग्री
विपिन जोशीको अन्तिम बिदाइ उनको पार्थिव शरीरमा ठुलो बुबाहरु रामदत्त र अम्बादत्त र बुबा महानन्दले संयुक्तरुपमा दागबत्ती दिएको दिएका थिए । मंगलबार, कात्तिक ४, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ। मंगलबार, कात्तिक ४, २०८२
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने दीपावलीमा कात्तिक ७ गते भाइटीका र शनिबारको दिनबाहेक अरू दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिइ सुनुवाइ हुने उल्लेख छ। सोमबार, कात्तिक ३, २०८२
ताजा समाचारसबै
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्