काठमाडौं– सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसर भित्र रहेको एक भवनमा मंगलबार बिहान आगलागी भएको छ।
सिंहदरबारको दक्षिणतर्फ रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरस्थित पहिले काठमाडाैं जिल्ला अदालत रहेको पुरानो भवनमा आगलागि भएको हो।
विद्युत सर्ट भई आगलागी भएको प्रहरीले बताएको छ। भवन पुरानो र जीर्ण भएकाले प्रयोगमा आएको थिएन।
भवनको भुईंतलामा भएको आगलागि नियन्त्रणमा लिइसकिएको छ। आगलागीको क्ष्तिबारे विस्तृत जानकारी आउन बाँकी छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले आगलागी नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।