विराटनगर– झापाको विर्तामोड नगरपालिका–६, बुट्टाबारीमा सोमबार राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
राति साढे ११ बजे पश्चिम जाँदै गरेको मे९प २५८१ नम्बरको स्कुटर अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो।
दुर्घटनामा गम्भीर घाइते झापा अर्जुनधारा नगरपालिका–११ का २५ वर्षीय रुपेश लिम्बुको उपचारका क्रममा विएन्डसी अस्पताल, बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।