विराटनगर– सुनसरीको कोशी गाउँपालिका–२ मा अर्नाको आक्रमणबाट एक व्यक्ति गम्भीर घाइते भएका छन्।
कोशीटप्पुबाट निस्केको अर्नाले राति १० बजे स्थानीय २३ वर्षीय धर्मेन्द्र उरावलाई आक्रमण गरेको हो। घर बाहिर निस्केका बेला उरावलाई अर्नाले आक्रमण गरेको प्रहरीले जनाएको छ।
अर्नाको आक्रमणबाट घाइते उरावलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा हुँदै थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।