विराटनगर– बालिका बलात्कार गरेको आरोपमा तेह्रथुमको आठराई गाउँपालिका–४ बाट प्रहरीले एक युवालाई पक्राउ गरेको छ।
स्थानीय एक बालिकालाई बलात्कार गरेको आरोपमा २६ वर्षीय डोलेश्वर लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो।
लिम्बुले गत मंसिर २६ गते बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। पीडित बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि लिम्बु पक्राउ परेका हुन्।
उनका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय आठराईले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।