काठमाडाैं– सेयर लगानीकर्ताहरुको अमरण अनसनलाई प्रतिपक्षी दल नेपाली कांग्रेसले समर्थन जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै अनसनप्रति समर्थन जनाएका हुन्।
शर्माले लेखेका छन्, 'रिले अनसन ८ दिनसम्म बस्दा हामी मौन बस्यौं, तर अमरण अनसन नै सुरु गरिएपछि मैदानमै पुगेर समर्थन गर्यौं। सेयर मार्केटको भविष्यप्रति गम्भीर बनोस् सरकार।'
सेयर लगानीकर्ताहरु अर्थमन्त्री डा युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की, नेपाल स्टक एक्सचेन्जका अध्यक्ष लक्ष्मण न्यौपाने र बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंको राजीनामा माग गर्दै अनसन बसेका छन्।
अर्थमन्त्री खतिवडा लगायत जिम्मेवार व्यक्तिहरु नै सेयर बजारप्रति अनुत्तरदायी भएको भन्दै दाबाब समूहको तर्फबाट तिलक कोइराला र हरि ढकाल अनसन बसेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।