गौशाला– महोत्तरीको इलाका प्रशासन कार्यालय गौशालाबाट भारतीय ज्वाइँलाई आफ्नो छोरा भनेर नागरिकता दिलाउन लागिएको अवस्थामा प्रहरीले सासू र ज्वाइँलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा औरही नगरपालिका–३ बस्ने ३९ वर्षीया सिवो देवी र उनका ज्वाइँ भारत विहारको मुजफ्फरपुरको शिवदासपुर दौरा असली पञ्चायत वडा नं ६ बस्ने २१ वर्षीय राजपाल सहनी रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर आचार्यले बताए।
सासू सिवो देवीले ज्वाइँ राजपाललाई आफ्नो छोरा सरोज सहनी बनाई नागरिकता दिलाउनका लागि झुटो विवरण पेस गरेको अवस्थामा प्रशासनले शङ्का लागी सोधपुछ गर्दा दोषी देखिएपछि उनीहरुलाई पक्राउ गरिएको थियो। प्रहरीले पक्राउ परेका राजपालको साथबाट भारतीय आधारकार्ड र सवारी चालक अनुमतिपत्रसमेत बरामद गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।