काठमाडौं– नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा प्राडा त्रिरत्न बज्राचार्य निर्वाचित भएका छन्। एसोसिएसनको ३२औं कार्यकारी समितिको अध्यक्षमा निर्वाचित बज्राचार्य प्रगतिशील समूहका उम्मेदवार हुन्।
बज्राचार्यले ३ सय भन्दा बढी मतले हिरेन्द्रमान प्रधानले नेतृत्व गरेको प्रजातन्त्रवादी प्यानललाई पराजित गरेका हुन्। यसैगरी उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सबै केन्द्रीय सदस्यमा प्रगतिशील प्यानलले विजय हासिल गरेको छ।
उपाध्यक्षमा आषिश घिमिरे, महासचिवमा छविलाल पोखरेल, उपमहासचिवमा कपिल आचार्य, कोषाध्यक्षमा रामइकवाल यादव, सहकोषाध्यक्षमा चाँदमाला श्रेष्ठ निर्वाचित भएका छन्।
यसैगरी एसोसिएसनको प्रदेश ३ को अध्यक्षमा ई नन्दलाल बन्जाडे निर्वाचित भएका छन्। १८ सदस्यीय नवनिर्वाचित कार्यसमितिमा ४ सदस्य मात्रै लोकतान्त्रिकबाट विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।