काठमाडौं- एनएमबी बैंकले विपन्न वर्गका लागि तीन लाखदेखि १५ लाखसम्म बिना धितो सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।
सरकारले जारी गरेको सहुलियतपूर्ण ऋणका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार बैंकले सो कर्जा उपलब्ध गराउने भएको हो। सोमबार पत्रकार सम्मेलन गरेर लघु तथा विपन्न वर्गलाई लक्षित गरी एनएमबी सहुलियतपूर्ण कर्जा संचालनमा ल्याएको जानकारी गराएको हो। जस अन्तर्गत विभिन्न आठ प्रकारका व्यवसाय गर्न बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ भने सात प्रकारका ऋण बिना धितो उपलब्ध गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए।
यस्तै, बैंकले निक्षेपकर्ताहरुलाई थप सुविधा प्रदान गर्न एनएमबि सहारा बचत खाता संचालनमा ल्याइसकेएको छ। यसअन्तर्गत विभिन्न १८ प्रकारका रोगहरू, दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएमा अधिकतम १० लाख रुपैयाँ सम्मको बिमा सुविधा उपलब्ध हुने छ।
बैंकले यस निक्षेप योजनामा सर्वाधिक ७ प्रतिशत ब्याज उपलब्ध गराउने समेत जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।