धनगढी- कैलालीको कैलारी गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरू कार्यालय नै ठप्प पारेर भ्रमणमा निस्केका छन्।
गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौंवाको नेतृत्वमा, कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द भट्टसहित करिब ३० जना कर्मचारी र जनप्रतिनिधिहरूको टोली मुलुकभित्रका केही स्थानसहित भारत भ्रमणमा निस्केको हो।
प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द भट्टले मुलुकभित्रको इलाम, जनकपुर, भारतको दार्जिलिङलगायत ठाउँमा एक हप्ते अवलोकन भ्रमणमा निस्केको बताए।
यता वडा अध्यक्षलगायत जनप्रतिनिधि र कर्मचारीहरू भ्रमणमा निस्केपछि वडा कार्यालय र गाउँपालिका कार्यालयको दैनिक काम कारबाही ठप्प भएको छ।
गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले त्यहाँका विकास निर्माण, सामाजिक विकास संरचनाहरूको स्थलगत अनुगमनको लागि भ्रमणमा गएको बताए। अन्य आवश्यक कर्मचारी कार्यालयमै रहेकोले काम भने सुचारु नै रहेको अध्यक्ष चौधरीले बताए।
गाउँपालिकाले भ्रमणको लागि ६ लाख रकम विनियोजन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।