लहान- नेपाल पत्रकार महासङ्घ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारबाही गर्ने निर्णय गरेको छ।
शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र सिङ्गो प्रेसजगतलाई बदनाम गराउनेलाई कारबाही गर्ने निर्णय गरेको हो।
केही गैरपत्रकारले पनि मोटरसाइकलमा प्रेस लेखेर हिँड्दै गरेको र पत्रकारको नाममा गलत क्रियाकलापसमेत गरिरहेको पाइएकाले त्यस्ता कार्यलाई यथाशीघ्र रोक्न कारबाही गर्ने निर्णय गरेको महासङ्घ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।