चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। काठमाडौँबाट भारतको चेन्नईतर्फ जान आउँदै गरेको पिएन८८ए २३१६ नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ट्रककाे ठक्करबाट गम्भीर घाइते पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। मृतकको सनाखत हुनसकेको छैन।
सो ट्रकलाई पछाडिबाट आउँदै गरेको ना४ख २७२९ नम्बरको ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुवै ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना आज बिहान ३ बजे भएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।