काठमाडौं- हिन्दू राष्ट्रको माग गर्दै नेपाली कांग्रेसको महासमिति बैठक परिसरमा हस्ताक्षर अभियान चलिरहेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा नेता तथा कार्यकर्ता हस्ताक्षर गराउन जुटिरहेका छन्।
नेताहरु तारानाथ रानाभाट, कर्ण बहादुर मल्ल ,इन्द्र बहादुर बानियाँले अगुवाइ गरिरहेका छन्।
काठमाडौं महानगरपालिकामा मेयरमा पराजित राजुराज जोशीले पनि सो अभियानलाई सहयोग गरेका छन्।
हस्ताक्षर अभियानमा महासमिति सदस्यबाट ५ सय १३ जनाले हस्ताक्षर गरेका छन्।
महासमिति परिसरमा उपस्थित अन्य ८ सय ३२ ले समेत हस्ताक्षर गरेका छन्।
हस्ताक्षर सोमबार पनि जारी रहने बताइएको छ।
संकलित हस्ताक्षरलाई केन्द्रीय सदस्य शंकर भण्डारीले महासमितिमा पेस गर्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।