काठमाडौं- सरकारले विश्व अाप्रवासन दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएकाे छ। हरेक वर्ष डिसेम्बर १८ मा मनाइँदै अाइएकाे दिवसका अवसरमा यस वर्ष पनि विभिन्न कार्यक्रम तय गरिएकाे श्रम, राेजगार तथा सामाजिक सुरुक्षा मन्त्रालयले जनाएकाे छ।
एक देशका मानिस अर्को देशमा काम गर्न जाँदा उनीहरुमाथि देश, जाति, वर्ण आदिका आधारमा हुने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसंघले डिसेम्बर १, १९९० का दिन 'आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरुको अधिकार संरक्षणसम्बन्धी महासन्धी, १९९०' पारित गरेको छ थियाे। यो महासन्धी सन् २००३ जुलाई १ बाट लागू भयो।
सन् २००० डिसेम्बर ४ मा संयुक्त राष्ट्रसंघको महासभाले १८ डिसेम्बरलाई विश्व आप्रवासन दिवसको रुपमा मनाउने निर्णय गरेपछि यो दिवस नेपाललगायत विश्वका विभिन्न मुलुकहरुमा विविध सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाउन थालिएको हो।
नेपालमा सरकार, गैरसरकारी संघसंस्था, ट्रेड युनियन, निजी क्षेत्रसमेतको संयुक्त समन्वयमा यो दिवस मनाउँदै आइएको छ। यस वर्षको विश्व आप्रवासी कामदार दिवस मनाउन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा 'विश्व आप्रवासी कामदार दिवस, २०१८ मूल समारोह समिति' गठन भएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले गरेको एक अध्ययनअनुसार विश्वमा २५ करोड भन्दा धेरै मानिस विभिन्न कारणले आफ्नो घर छाडी अन्य देशमा बस्दै अाएका छन्। त्यसमध्ये १५ करोड भन्दा बढी मानिस कामको खोजीमा एक देशबाट अर्को देशमा गएका छन्।
नेपालमा बार्षिक ४ लाखभन्दा बढी श्रमशक्ति आन्तरिक श्रम बजारमा भित्रिरहेका छन् भने दैनिक करिब १ हजार जना कामको खोजीमा श्रम स्वीकृति लिएर विदेशिन्छन्।
दिवसका अवसरमा सरकारले प्रभातफेरी, अन्तरक्रियालगायतका कार्यक्रम गर्ने जनाएकाे छ। अाप्रवासन दिवस मनाउन भन्दै यस वर्ष विभिन्न नाराहरु समेत तय गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।