भद्रपुर– भद्रपुर जेसिजले रु २२ लाखमा निर्माण गरेको स्व विनेश स्मृति जेसिज भवनको शनिबार उद्घाटन भएको छ।
भद्रपुर–८ मा रहेको सो भवन निर्माणका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको १० लाख, भद्रपुर नगरपालिका र पूर्व्जेसिज अध्यक्षहरुसहितका दाताबाट प्राप्त २२ लाख १३ हजार ६४८ कोे लागतमा भवन निर्माण गरिएको हो।
जेसी आई सिनेटर राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले एकतले हलसहितको सो भवनको उद्घाटन गरे। उक्त भवन एक हजार ३८० वर्ग फिटमा फैलिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।