जेनेभा, स्वीट्जरल्याण्ड - भ्रष्टाचार अभियोग लागेका विश्व फुटबल महासङ्ग (फिफा)का पूर्व प्रमुख सेफ व्लाटरलाई सन् २०१८ मा रसियामा हुने विश्वकपआयोजक राष्ट्रका राष्ट्रप्रमुख भ्लादिमिर पुटिनको निम्ता आएको बताइएको छ।
एकासी बर्षीय पूर्व फिफा प्रमुख व्लाटरलाई फुटबलका कुनैपनि गतिविधिमा सहभागी हुन निषेध गरिएको छ।
शुक्रबार एक अन्तवार्तामा व्लाटरले भने, “म रसियामा हुने विश्वकपमा सहभागी हुनेछु । मलाई सहभागिता जनाउनका लागि रसियाली राष्ट्रपति पुटिनको निम्ता आइसकेको छ ।” रासस÷एएफ्पी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।