काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले नेपाली कांग्रेसको वर्तमान अवस्थाको कारण खोज्नुपर्ने अवस्था सिर्जना भएको भन्दै त्यसतर्फ नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका छन्।
शनिबारदेखि काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे पूर्वमहामन्त्री रानाभाटले विगतमा राणासँग लडेको नेपाली कांग्रेसको शक्ति क्षीण हुँदै गएको भन्दै त्यसबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।
मुलुकका ठूलाठूला राजनीतिक परिर्वतनमा ठूलो योगदान रहेको कांग्रेसको वर्तमान अवस्था नाजुक हुँदै गएकोमा उनले चिन्ता व्यक्त गरे। आन्तरिक गुट उपगुटका कारण कांग्रेस कमजोर हुँदै गएकाले पार्टीभित्रका सबै विकृतिको अन्त्य महासमिति बैठकले गर्न सक्नुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।