• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत २४, २०८२ Tue, Apr 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कहिले आउँछन् चीनका सि नेपाल?

64x64
नेपाल लाइभ शनिबार, मंसिर २९, २०७५  २३:००
1140x725

काठमाडौं- चिनियाँ राष्ट्रपति सि जिनफिङले आगामी वर्ष (सन् २०१९) को पहिलो तीन महिनाभित्र नेपाल भ्रमण गर्ने विषयमा छलफल भइरहेको छ। नेपाल-चीनबीच भएको १२औं परामर्श संयन्त्रको बैठकमा राष्ट्रपति सिलाई नेपाल भ्रमणमा ल्याउने विषयमा छलफल भएको बताइएको छ। स्रोतका अनुसार समय यकिन नभए पनि आगामी वर्षको पहिलो तीन महिनाभित्र सिको नेपाल भ्रमण हुने सम्भावना छ।

बिहिबार सम्पन्न नेपाल-चीन परामर्श संयन्त्रको बैठकमा सहभागी हुन बेइजिङ पुगेका परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए। भेटमा राष्ट्रपति सिको नेपाल भ्रमणका विषयमा पनि छलफल भएको स्रोतको दाबी छ। नेपालले सिको भ्रमणका विषयमा राखेको जिज्ञासामा चिनियाँ पक्षले उपयुक्त समयमा राष्ट्रपति सिले नेपाल भ्रमण गर्ने प्रष्ट पारेको स्रोतको भनाइ छ।

यसअघि २०१६ मा पनि सि नेपाल भ्रमणमा आउने चर्चा थियो। त्यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला नेपाल आउने बताइए पनि ओली सरकारको बहिर्गमनपछि सिको भ्रमण स्थगित भएको थियो। 

ओलीको बहिर्गमनपछि पनि राष्ट्रपति सिको नेपाल भ्रमण कार्यक्रम यथावत राख्न सन् २०१६ अगस्ट १५ मा तत्कालीन उपप्रधान तथा अर्थमन्त्री  कृष्णबहादुर महरा चीन भ्रमणमा गएका थिए।

त्यतिबेला उनी तत्कालीन प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रुपमा चीन गएका थिए। महारालाई चीन निकट नेताको रुपमा चित्रित गरिन्छ। तर राष्ट्रपति सिलाई नेपाल भ्रमण गराउने प्रचण्ड सरकारको प्रयास सफल भएन। 

चिनियाँ राष्ट्रपतिबाट हुने भनिएको नेपाल भ्रमणको चर्चाबाट आत्तिएर भारतले ओली सरकारको बहिर्गमन गराउन खेल खेलेको तत्कालीन एमालेका केही नेताले आरोप समेत लगाएका थिए। भारतीय नाकाबन्दीबाट थिलिएको नेपालमा भारत विरोधी भावना उत्कर्षमा थियो।

त्यस्तो अवस्थामा राष्ट्रपति सिको नेपाल भ्रमणले स्थिति झनै नकारात्मक हुने आँकलन एमालेका नेताको थियो। ओली सरकार गिराउन भारतको हात रहेको उनीहरूको आरोप छ। 

नेपाल भ्रमणमा नआए पनि सोही वर्ष सिले छिमेकी मुलुक बंलादेशको दुई दिने भ्रमण गरेका थिए। उनले बंलादेशसँग २७ विभिन्न विषयमा सहमति गरेको बताइएको छ। यसैगरी, १३ दशमलव ६ बिलियन अमेरिकी डलरको सहयोग गर्ने विषयमा सहमति पनि भएको थियो। त्यसअघि २०१५ मा बंलादेश भ्रमणमा गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंलादेशलाई २ बिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता गरेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

प्रधानमन्त्री ओलीको सत्ता बहिर्गमनपछि भारतीय सञ्चारमाध्यमले प्रचण्डलाई भारतप्रति नरम नेताका रुपमा चित्रित गरेका थिए। ओली सरकार र चिनियाँ राष्ट्रपतिको सिको सम्भावित नेपाल भ्रमणका विषयमा मोदी सरकार कतिसम्म चिन्तित थियो भन्ने कुरा भारतीय सञ्चारमा छरिएका थिए। 

सन् २००१ पछि चीनबाट नेपालमा उच्च स्तरीय कूटनीतिक भ्रमण हुन सकेको छैन। चिनियाँ राष्ट्रपति जियाङ जेमिनले सन् १९९६ डिसेम्बरमा नेपालको दुई दिने भ्रमण गरेका थिए। यस्तै सन् २००१ मा चिनियाँ प्रधानमन्त्री झू रोंजीले नेपालको भ्रमण गरेका थिए।

यसैगरी, २०१२ जनवरीमा चिनियाँ प्रधानमन्त्री बेन जियावाओले पाँच घण्टाका लागि आकस्मिक रुपमा नेपाल भ्रमण गरेका थिए। मध्यपूर्वी देश साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्सको भ्रमणमा गएका बेनले ट्रान्जिटका रुपमा नेपाल भ्रमण गरेका थिए।

सन् २०११ डिसेम्बरमै बेनले नेपाल भ्रमण गर्ने अपेक्षा गरिएपनि उनको भ्रमण अन्तिम समयमा स्थगित भएको थियो। नेपालले प्रर्याप्त मात्रामा सुरक्षा व्यवस्था मिलाउन नसकेको भन्दै उनको भ्रमण अन्तिम समयमा स्थगित भएको थियो। 

त्यसको एक महिनापछि अर्थात् २०१२ को जनवरीमा बेनले नेपालको आकस्मिक भ्रमण गर्दा तिब्बती शरणार्थीहरूले नेपालमा विरोध गरेका थिए। बेनको विरोधमा उनको आवागमन अघि करिब १ सय ५० जना तिब्बतीलाई नेपाल प्रहरीले थानकोटबाट नियन्त्रणमा लिएको थियो।

छोटो समयका लागि बेनले नेपाल भ्रमण गरेका भए पनि चीन सरकारले नेपाल सरकारलाई ९ दशमलव ७ बिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता गरेको थियो। उच्चस्तरमा चीनबाट हुने भ्रमणका अवसरमा चीनले गर्ने आर्थिक सहयोगको प्रतिबद्धताले नेपाली जनता चीनप्रति सकारात्मक भावना अभिवृद्धि हुनु स्वभाविकै हो।

भारत विरोधी भावना बढ्दै गर्दा चीनप्रति नेपालीको भावना सकारात्मक हुनु भारतलाई चिन्ताको विषय बन्ने गरेको छ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५  २३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतको मणिपुरमा बम आक्रमणमा बालबालिकाको मृत्युपछि अवस्था तनावग्रस्त
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण
विशेष महाधिवेशन हस्ताक्षर रोक्न र आन्तरिक समीक्षा गर्न एमालेको निर्देशन
सम्बन्धित सामग्री
निजामती कर्मचारीको बिदा विवरण पठाउन मन्त्रालयको पत्र मन्त्रालयले पठाएको पत्र अनुसार, विभिन्न मितिमा स्वीकृत भएका तलबी अध्ययन बिदा, बेतलबी अध्ययन बिदा, असाधारण बिदा, प्रसूति बिदा, बेतलबी... मंगलबार, चैत २४, २०८२
४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोग नगर्न पुनः निर्देशन विभागका अनुसार, मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको निर्णयबाट स्वीकृत ‘प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८’ अहिले कार्य... मंगलबार, चैत २४, २०८२
सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णयविरुद्ध कारण देखाऊ आदेश जारी सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सरकारका नाममा उक्त आदेश जारी गरेको हो। अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन... मंगलबार, चैत २४, २०८२
ताजा समाचारसबै
भारतको मणिपुरमा बम आक्रमणमा बालबालिकाको मृत्युपछि अवस्था तनावग्रस्त मंगलबार, चैत २४, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
विशेष महाधिवेशन हस्ताक्षर रोक्न र आन्तरिक समीक्षा गर्न एमालेको निर्देशन मंगलबार, चैत २४, २०८२
निजामती कर्मचारीको बिदा विवरण पठाउन मन्त्रालयको पत्र मंगलबार, चैत २४, २०८२
इरानलाई ट्रम्पको चेतावनीः सम्झौता नगरे आज राति एक सभ्यता समाप्त हुनेछ मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्