पोखरा- पोखराको फेवातालमा प्याडल बोर्डबाट खसेर बेपत्ता एक युवाको शव आज बिहान फेला परेको छ।
मङ्सिर २४ गते सोमबार दिउँसो सेल्फी खिच्ने क्रममा फेवातालमा डुबेर बेपत्ता भएका काठमाडौँ ताहाचलका १९ वर्षीय रोजन श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीका अनुसार आज बिहान तालमा तैरिएको अवस्थामा उनको शव भेटिएको हो। शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ।
पोखरा घुम्न आएका श्रेष्ठ तालमा बेपत्ता भएपछि तीनवटै सुरक्षा निकायका टोली खोजीमा खटिएका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।