• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

स्थायी समितिले सचिवालयलाई सिकाउला सबक?

64x64
किशोर दहाल शनिबार, मंसिर २९, २०७५  ११:००
1140x725

काठमाडौं– लामो समयदेखि स्थगित हुँदै आएको नेकपा स्थायी समितिको बैठक शनिबार दिउँसो बस्दैछ। विधानमा तीन महिनामा एक पटक बस्नुपर्ने भनिएको बैठक सचिवालयको बेवास्ताका कारण बस्न सकिरहेको थिएन।

गत २२ गते चार सचिवालय सदस्यहरुले बैठक नै बहिस्कार गरेपछि बाँकी पाँच सदस्यले २९ गतेका लागि बैठक बोलाएका थिए। यद्यपि, यो बैठक पनि स्वभाविक चाहनाभन्दा पनि बैठक बहिस्कार गर्ने नेताहरुले आफू निकटका स्थायी समिति सदस्यहरुको छुट्टै बैठक बोलाउने तयारीको संकेत पाएपछि यो बैठक बोलाइएको समाचारहरु सार्वजनिक भइसकेका छन्।

लामो समयपछि बस्न थालेको बैठक महत्त्वपूर्ण होला भन्ने अपेक्षा लिएको स्थायी समिति सदस्य भीम रावल बताउँछन्। 'स्थायी समिति बैठक बस्नुपर्छ भनेर स्थायी समितिका अधिकांश सदस्यले माग गर्दै आएका र छलफलका विविध विषयहरु सतहमा आएकाले स्थायी समिति बैठक महत्त्वपूर्ण हुनसक्ने अपेक्षा छ', उनले भने।

पटक पटक स्थगित
स्थायी समिति बैठक यसअघि असार २१ मा छोटो समयका लागि बसेको थियो। त्यसअघि असार २ मा बैठक बसेको थियो। तर, विधान अनुसार असोज २१ वरिपरिमा बस्नुपर्ने अर्को बैठक मंसिर अन्तिममा बस्दैछ।

यसअघि पनि बैठक नबोलाइएका होइनन्। तर अन्तिम समयमा स्थगित हुँदै आयो। जस्तो कि, भदौ ८ र ९, भदौ १९ र २०, भदौ २६ र २७, कात्तिक ४ र ५ तथा कात्तिक १२ र १३ का लागि बोलाइएका कुनै पनि बैठक बस्न सकेनन्।

समयसमयमा स्थायी समिति बैठक नबसे पनि केही नछुटेको सुवास नेम्वाङ बताउँछन्। 'हामीले सचिवालयको व्यवस्था गरेका छौं। उसले अन्य बैठक नबसेका बेलामा काम गर्ने भनेका छौं। त्यो छँदैछ। त्यसले निर्णय र कामहरु गरिरहेकै छ। त्यसैले स्थायी कमिटी नबसेको कारणले कुनै कुरा अप्ठ्यारो भयो भन्ने छैन। तर स्थायी समितिको बैठक समयसमयमा बस्नु राम्रो हुन्छ', उनी भन्छन्।

यद्यपि, समयसमयमा बैठक बस्न नसक्दा कतिपय सानातिना असमझदारी पनि कचल्टिँदै गएको कतिपय नेताहरु बताउँछन्। पार्टीभित्रै आफ्ना धारणा राख्न नपाउँदा असन्तुष्टिहरु गुम्सिने वा पार्टीबाहिर आफ्ना कुरा राख्नुपर्ने अवस्था आएको उनीहरुको अभिव्यक्ति छ।

'नियमित रुपमा बैठक नबस्नाले पार्टी एकीकरणको प्रक्रिया नै ढिला हुन पुग्यो। नीति निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वपूर्ण घटनाहरुमाथि विचार विमर्श तथा सरकारको कामको समीक्षा जस्ता विषयहरुमा पार्टीको सामूहिक विचार बनाउने अवसर नै छुट्यो', रावल भन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यसबीचमा स्थायी समिति सदस्यहरु यति निरिह देखिए कि पार्टी र सरकार हिँडिरहेकै बाटोको बारेमा पनि केही भन्न नसक्ने स्थितिमा पुगे। छ न त आफ्नै पार्टीको नेतृत्वमा सरकार छ, तर सरकारका कामहरुका बारेमा केही बोल्न नसक्ने स्थिति थियो। कारण, पार्टी र सरकारका बीचमा जुन खालका आत्मीय सम्बन्ध हुनुपर्थ्यो त्यो नै विच्छेद भयो।

नियमित बैठक नबस्दा फरक स्कुलिङबाट आएका दुई पार्टीका नेताहरुबीच पनि खुला छलफल हुन नसकेका छैनन्। विचारहरुको आदानप्रदान हुन नसक्दा वा खास विषयहरुमा बैचारिक मन्थन हुन नसक्दा पार्टीलाई भावनात्मक रुपमा एक हुन दिएको छैन। प्राविधिक एकतापछि आवश्यक हुने भावनात्मक एकताका लागि नेतृत्वले बेवास्ता गर्दै आएको छ।

छलफलका कार्यसूची के छन्?
स्थायी समितिको बैठक अघि सचिवालयको बैठक बोलाइयो। बैठक मुख्य रुपमा स्थायी समितिको बैठकमा प्रस्तुत गरिने छलफलका एजेन्डालाई अन्तिम रुप दिनका लागि बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। 'स्थायी समितिको लागि एजेन्डा के बनाउने भन्ने नै सचिवालयको एजेन्डा हो', उनले भने।

स्थायी समितिमा भने सांगठनिक एकीकरण र सरकारको समीक्षा नै मुख्य एजेन्डा हुने छ। 'प्रदेश कमिटीका विषयमा अन्तिम निर्णय गर्ने, जनवर्गीय संगठनको एकीकरण, जिल्ला कमिटीहरुको एकीकरणलाई पूर्णता दिने, केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न लगायतका काम राजनीतिक प्रतिवेदनबाट हुन्छ', श्रेष्ठले भने, 'सरकारको कामलाई समीक्षा गरेर थप प्रभावकारी र परिणाममुखी बनाउनका लागि नयाँ कार्ययोजना बनाउने काम पनि हुन्छ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसअघि सचिवालयले गरेका निर्णयहरुलाई अनुमोदन गर्ने प्राविधिक काम पनि यही मौकामा हुने छ।

तर सचिवालयले जस्तो एजेन्डा तय गरे पनि स्थायी समिति बैठक त्यतिमै बाँधिने भने छैन। लामो समयपछि बस्न लागेको बैठक र त्यसमा पनि सदस्यहरुमा गुम्सिएका कतिपय असन्तुष्टिहरु सबै पोखिन्छन् नै।

'प्रतिवेदनहरु प्रस्तुत हुन्छन्, सचिवालयले यसभन्दा अघि गरेका निर्णयहरु प्रस्तुत हुन्छन् र स्थायी समिति आफैंले के विषयमा छलफल गर्ने भनेर एजेन्डा तय गरेर छलफल गर्छ', स्थायी समिति सदस्य सुवास नेम्वाङ भन्छन्।

सिकाउला सबक?
पार्टीको प्रकाशित विधानमै सचिवालयको सम्बन्धमा 'आफूले गरेका निर्णयहरु अनुमोदनका लागि केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा प्रस्तुत गर्ने' उल्लेख छ। तर, सचिवालय र त्यसमा पनि अध्यक्षद्वयको चाहना र स्वार्थमा गरिएका कतिपय निर्णयहरुमा त्यो पद्धति अपनाइएको थिएन। जसले गर्दा पार्टीमा सचिवालयबाहेक अरु सबै भ्रम हुन् भन्ने स्थिति पैदा भएको थियो।

जस्तो कि, केही दिनअघि सचिवालयले टुंगो लगाएको प्रदेश कमिटीका सदस्यहरुको नामावली केही दिन गोप्य राखियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समितिबाट पारित भएपछि मात्रै त्यसलाई सार्वजनिक गरिने बताएका थिए। तर, अप्रत्याशित रुपमा महासचिव विष्णु पौडेलले त्यो सूची सार्वजनिक गरिदिए। त्यसअघि प्रदेशका पदाधिकारीको नाम पनि सचिवालयले जसरी टुंग्यायो, त्यसरी नै सकियो। अब स्थायी समितिले बढीमा ती नामहरुलाई औपचारिकता दिनेभन्दा बढी केही गर्न सक्दैन।

त्यसो त आफूलाई निर्णय गर्न सक्ने हैसियत सचिवालयले स्वयं सिर्जना गरेको थियो। केन्द्रीय समितिबाट पारित र निर्वाचन आयोगमा बुझाइएको विधानमा उल्लेखितभन्दा बढी अधिकार थपेर सचिवालयले विधान प्रकाशित गरेको थियो। जसले गर्दा उसलाई सर्वेसर्वा बन्न मद्दत पुर्‍याएको छ। प्रकाशित विधानमा राजनीतिक र सांगठनिक निर्णय गर्न सक्ने अधिकार थपिएको छ, जसले गर्दा सचिवालय अन्य कमिटीलाई बेवास्ता गर्दै अघि बढिरहेको छ। 'यस विषयमा पनि कुरा उठ्छ', रावल भन्छन्।

सचिवालयले बेवास्ता गरेका कारण धेरै काम रोकिएका छन्। न त उसले भएका कमिटीलाई सक्रिय बनाउन सकेको देखिन्छ, न आवश्यक कमिटीहरुलाई पूर्णता दिएको। अहिलेसम्म दुई अध्यक्ष नै सर्वेसर्वा भएको देखिन्छ। स्थायी समितिले सचिवालयलाई अन्य कमिटीप्रति जवाफदेही बनाउन प्रयास गर्ने नेताहरु बताउँछन्।

'स्थायी समितिले महत्त्वपूर्ण मार्ग निर्देशन गर्न सक्छ', रावल भन्छन्।

यो पनि पढ्नुहोस्ः नेपाल कम्युनिस्ट पार्टी (भद्रगोलवादी)

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५  ११:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्