चितवन– चितवनको सौराहामा अन्तर–प्रदेश सभा अनुभव आदान प्रदान तथा अन्तर्क्रिया कार्यक्रम सुरु भएको छ।
शनिबार दिनभर चल्ने कार्यक्रमको उद्घाटन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गरेका छन्।
कार्यक्रममा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे, राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल सहभागी छन्।
यसैगरी सात वटै प्रदेशका सभामुख, उपसभामुखसहित प्रतिनिधिसभाका सचिव र सात वटै प्रदेशसभाका सचिवको सहभागिता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।