काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बस्नु केही अघि सचिवालय बैठक बस्दैछ।
पाँच महिनाभन्दा बढी समयदेखि बस्न नसकेको स्थायी समिति बैठकका लागि एजेन्डा तय गर्न सचिवालय बैठक बस्न लागेको हो।
स्थायी समितिमा कस्ता एजेन्डा प्रस्तुत गर्ने भन्ने तय गर्न सचिवालय बैठक बस्न लागेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल लाइभलाई बताए।
गत २२ गते बसेको सचिवालयका पाँच सदस्यको बैठकले आजका लागि स्थायी समिति बैठक तय गरेको थियो।
स्थायी समिति बैठक आज १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ।
सचिवालय बैठक भने आजै ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।