इस्तानबुल– टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डाेगानले साउदी पत्रकार जमाल खशोग्गीको हत्या साउदी अरबका राजकुमारका निकटस्थहरूले गरेको दाबी गरेका छन्।
एर्डाेगानले इस्तानबुलमा आयोजित एक सम्मेलनमा भने, 'घटनास्थलमा रेकर्ड भएको आवाज सुन्दा पत्रकार खशोज्गीको हत्यामा साउदी राजकुमारका निकटस्थहरूको सक्रिय भूमिका रहेको प्रष्ट हुन्छ।'
यसअघि अमेरिकाले पनि यस हत्याकाण्डमा साउदी राजकुमार मोहम्मद बिन सलमान अल साउद मुख्य जिम्मेबार रहेको बताएको थियो।
राष्ट्रपति एर्डाेगानले त्यस घटनाका बारेमा अहिले धेरै विकास भइसकेको पनि बताए।
टर्कीकी एउटी महिलासँग बिहेको छिनोफानो गरेका खशोग्गी आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गर्नुपर्ने कानुनी प्रक्रियाका लागि साउदी दूतावासमा गएका बेला दूतावासभित्रै उनको हत्या भएको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।